अष्ट्रेलियामा रहँदा भिसा रिजेक्ट भए के अष्ट्रेलिया छोड्नैपर्छ ?


प्रकाशित मिति : कार्तिक २३, २०७५ शुक्रबार

एकपटक अष्ट्रेलियाको भिसा रिजेक्ट भएपछि फेरि आवेदन दिन पाइन्छ कि पाइदैन ? यो धेरैले सोध्ने साझा प्रश्न हो । यसको सहि जवाफ नपाउँदा एकपटक अष्ट्रेलियाको भिसा रिजेक्ट भएकाहरु द्धिविधामा बसेको पाइन्छ । तर एकपटक अष्ट्रेलियाको भिसा रिजेक्ट हुँदैमा कुनै चिन्ता लिनुपर्दैन । किनभने अष्ट्रेलियाको माइग्रेसन कानूनले अष्ट्रेलियाको भिसाका लागि पुनः आवेदन दिनसक्ने थुप्रै बाटोहरु प्रदान गरेको छ । प्रकृयागत रुपमा निवेदन दिन सके अस्वीकृत भएका वा रद्द गरिएका सबक्लास अन्तर्गतकै भिसा पाउने प्रवल सम्भावना छ । तर भिसा पाउने नपाउने सम्भावना पूर्ण रुपमा व्यक्तिमा निर्भर रहन्छ ।

के त्यसो भए मैले अर्को अवसर पाउन सक्छु ?

यो प्रश्नको एउटै जवाफ हो–अवश्य पाउँनुहुन्छ । त्यसैले चिन्ता लिनुपर्दैन । बरु माइग्रेसनका विज्ञहरुसँग परामर्श गरि आवश्यक कदम चाल्नु बुद्धिमानी हुन्छ । तपाईको योग्यता र दक्षताको आधारमा फेरि अष्ट्रेलियाको भिसा पाउन सक्नुहुनेछ । यस्तै भिसा रिजेक्ट हुनुका कारणहरु विस्तृत रुपमा अध्ययन गरेर पछि त्यसलाई सुधार गरि आवेदन दिन सकिन्छ । यसका लागि इमिग्रेसन वेबसाइटबाट समेत आवश्यक जानकारी लिन सकिन्छ । यस्तै भिसा रिजेक्सन लेटरमा पनि के कारणले भिसा रिजेक्ट भएको हो भन्ने कारण खुलाइएको हुन्छ । त्यसैले रिजेक्ट भयो भनेर चिन्ता गरेर बस्नु भन्दा सुधार गर्नुपर्ने कुराहरु सुधार गरेर पुनः आवेदन दिनु बुद्धिमानी ठहरिन्छ ।

अष्ट्रेलियामा रहँदा भिसा रिजेक्ट भए के अष्ट्रेलिया छोड्नैपर्छ ?

कुनै कुनै केसमा अष्ट्रेलिया छोड्नैपर्छ भन्ने हुँदैन । किनभने सामान्यतया भिसा रिजेक्ट भएको मितिले २१ दिनभित्र एमआरटीमा अपिल गर्न पाउने कानूनी व्यवस्था छ । कहिलेकाहीं भिसा रिजेक्ट भए पनि अर्को भिसा पाउने प्रवल सम्भावना रहन्छ । यो पनि व्यक्तिमा निर्भर रहन्छ ।

अष्ट्रेलियाको भिसा किन क्यान्सिल हुन्छ ?

अष्ट्रेलियाको अस्थायी भिसा क्यान्सिल गर्न सक्ने थुप्रै कानूनी आधारहरु छन् । जस्तो एस ११६,एस ५०१ आदि ।

–हिमालयन कङ्गारु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com