अवैध आप्रवासी अमेरिकामा शरण वा आश्रयका लागि योग्य नहुने


प्रकाशित मिति : कार्तिक २३, २०७५ शुक्रबार

नयाँ नियम अनुसार दक्षिणी सीमाबाट अमेरिका प्रवेश गरेका अवैध आप्रवासी शरण वा आश्रयका लागि योग्य नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जनाएको छ ।

अमेरिकाको न्याय तथा होमल्याण्ड सुरक्षा विभाले राष्ट्रपतिबाट अवैध रुपमा अमेरिका प्रवेशका लागि रोक लगाउन जारी गरेका निर्देशन उल्लंघन हुने गरी प्रवेश गर्ने आप्रवासीहरु शरण वा आश्रयका लागि योग्य नहुने घोषणा गरेको हो ।

विभागले जारी गरेको वक्तव्यमा राष्ट्रपतिले देशको राष्ट्रिय हितका लागि आप्रवासलाई रोक्न सक्ने उल्लेख गरिएको छ ।

हालै भएको मध्यावधिक चुनावमा आप्रवासी प्रवेशमा कडाई ट्रम्पको प्रमुख मुद्दा बनेको थियो । उनले चुनावी अभियानको क्रममा हाल समस्याको रुपमा निम्तन सक्ने देखिएका क्यारावान आप्रवासीमाथि लगातार तिखो आलोचना गरेका थिए ।

मध्य अमेरिकी देशबाट मेक्सिको हुँदै अमेरिका प्रवेशका लागि हजारौँ आप्रवासी अघि बढेका छन्, जसलाई क्यारावान आप्रवासी भन्ने गरिएको छ । आप्रवासीलाई आक्रमणकारीको रुपमा चित्रित गरेका ट्रम्पले उनीहरुलाई रोक्न सबैखाले प्रयास गरिने बताएका छन् ।

अन्तरिम महान्यायाधीवक्ता म्याथ्यु ह्वीटेकर तथा होमल्याण्ड सेक्युरिटी प्रमुखख कस्ट्जेन नियल्सनले जारी गरेको वक्तव्यलाई अन्तरिम फाइनल रुल भनिएको छ । वक्तव्यमा राष्ट्रपतिसँग देशमा हुने अवैध प्रवेशलाई रोक्ने पूर्ण अधिकार रहेको उल्लेख गरिएको छ ।

नयाँ नियम अनुसार अमेरिका–मेक्सिकोको सम्पूर्ण सीमाबाट प्रवेश गर्नेहरुले आश्रयका लागि निवेदन दिन नपाउने उल्लेख छ । तर अमेरिकन सिभिल लिबर्टिज युनियनले ट्रम्प प्रशासनको कार्य गैरकानुनी रहेको उल्लेख गरेको छ ।

अमेरिकी कानुन अनुसार प्रवेश गरेका आप्रवासीले आफ्नो देशमा हिंसाको भय रहेको बताएमा आश्रयका लागि निवेदन दिन पाउने व्यवस्था छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com