अमेरिकी चुनावको पर्सीपल्ट क्यालिफोर्नियामा गोलीकाण्ड, १२ को मृत्यु (१६ तस्वीर)


प्रकाशित मिति : कार्तिक २२, २०७५ बिहीबार

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको प्रहरीले भनेको छ लस एन्जलिस् स्थित एउटा मदिरालय, बार, अगाडि भएको गोली प्रहारको घटनामा एकजना प्रहरीसहित कम्तिमा १२ जनाको ज्यान गएको छ। स्थानीय समयअनुसार बुधबार रातीको ११:२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित “बोर्डरल्याण्ड बार एण्ड ग्रील” नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो।कम्तीमा अन्य १० जना घाइते छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भेन्चुरा काउन्टीका एकजना प्रहरीले मारिनेमा बन्दूकधारी पनि रहेको बताएका छन्। प्रहरीलाई गोलकाण्डको उद्देश्यका बारेमा पनि केही थाहा हुन सकेको छैन। प्रत्यक्षदर्शीहरूका अनुसार उक्त मदिरालयमा केही दर्जन गोली चलेका थिए। उक्त काउन्टीको शेरिफ कार्यालयका प्रवक्ता एरिक बुशोले भने, “डेप्युटीहरू घटनास्थलमा पुग्दा तिनीहरूले गोली चलेको आवाज सुनेका थिए, त्यतिञ्जेलसम्म बन्दूकधारी सकृय नै रहेको हुनुपर्छ।”

गोलीकाण्डमा मारिएका प्रहरीको नाम रन हेलुस भएको बताइएको छ। भेन्चुरा शेरिफ कार्यालयका सार्जेन्ट र २९ वर्षसम्म सेवामा रहेका ती प्रहरीले सेवाबाट अर्को वर्ष अवकाश पाउन लागेका थिए। उनीमाथि थुप्रै पटक गोली प्रहार भएको र पछि स्थानीय अस्पतालमा उनलाई मृत घोषित गरिएको थियो।

ती संदीग्ध बन्दूकधारीहरुले दर्जनौं गोली चलाएका र प्रहरीका अनुसार ती व्यक्तिले पछि आफ्नै ज्यान लिएको हुनु पर्छ। कलेजका विद्यार्थीहरूमाझ लोकप्रिय सांगितिक कार्यक्रमका क्रममा बन्दूकधारीले जबर्जस्ती प्रवेश गरेर गोली चलाएका थिए। मानिसहरूले मेचहरूको प्रयोग गरेर झ्यालका सिसा फुटाई त्यहाँबाट भागेका र केही शौचालयमा लुकेका थिए। सांगितिक कार्यक्रम भैरहंदा उक्त बारमा कम्तिमा दुईसयजना मानिसहरू रहेका बताइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com