अष्ट्रेलियामा भाँडा माझ्ने काम देखि करियर सुरु गरेर अहिले समुद्री सेनामा पुगेका सोम


प्रकाशित मिति : कार्तिक १८, २०७५ आईतबार

जीवनमा सफलता हासिल गर्न चाहने व्यक्तिले संसारको जुनसुकै कुनामा गएतापनि संघर्ष गर्नैपर्छ। अष्ट्रेलियामा आउने कैयौं नेपालीहरुले यस्तै संघर्ष गरेर आफ्नो जीवनमा करियरको राम्रो बाटो बनाइरहेका छन् । हाल अष्ट्रेलियामा सेनामा आफ्नो करियर बनाउन व्यस्त रहनुभएका सोम तामाङ्ग यस्तै व्यक्तिहरुमध्ये एक हुनुहुन्छ ।

नेपालको चितवन घर भएका सोम सन् २००८ मा विद्यार्थी भिसामा अष्ट्रेलिया आउनुभएको हो। अष्ट्रेलिया आएर कुकरी पढ्न थाल्नुभएका उहाँले सुरुमा भाँडा माझ्ने र त्यसपछि सेफको काम गरेर चार वर्ष बिताउनुभयो। त्यसपछि कमाइ, पढाइ, परिवारबीच सन्तुलन मिलाउनको लागि उहाँले ट्याक्सी ड्राईभिङ्गको काम रोज्नुभयो र उक्त काममा पनि चार वर्ष बिताउनुभयो।

ट्याक्सी ड्राइभिंग पछि उहाँको करियरको बाटो सैन्य क्षेत्र तर्फ मोडियो। उहाँ भन्नुहुन्छ, ” सैन्य सेवातिर प्रवेश गरेपछि सुरुमा तालिम लिनुपर्ने हुन्छ। त्यो तालिम निकै नै कडा हुन्छ। शारीरिकसंगै मानसिक थकान पनि हुन्छ। त्यसमाथि अझ कहिल्यै नदेखेको प्रविधि, हातहतियारहरुको जानकारी र त्यससम्बन्धि तालिम लिनुपर्छ। म समुद्री विभागको सेना हुनाले समुद्र सम्बन्धि ज्ञान, पौडिने ज्ञान सबै हुनुपर्छ। सुरुको तीन महिना त मलाई एकदमै गाह्रो भयो। तर गर्नु नै पर्छ भनेर मेहनत गरिराखें ।”

सोमका अनुसार अष्ट्रेलियामा सैन्य क्षेत्रमा भर्ति हुनको लागि अष्ट्रेलियाको नागरिकता हुनुपर्छ, प्रवेश परिक्षामा राम्रो अंक ल्याउनुपर्छ र विभिन्न अरु परिक्षा दिनुपर्छ। उक्त परिक्षाको अंकको आधारमा कुन विभागमा उपयुक्त हुन्छ निर्णय गर्छ र उक्त विभागमा व्यक्ति आवश्यक हुँदा बोलाउँछ। समुद्री सेनामा ब्यारेकमा नै बसेर काम गर्नुपर्दैन। ९ देखि ५ को समयमा काम गर्ने वातावरण हुन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल न्यु साउथ व्ह्लेसमा कार्यरत सोम भन्नुहुन्छ, ” सेनाको रुपमा अरुले सम्मान देखाउँदा गौरव महसुस हुन्छ। यदि नेपाली कोही यहाँ भर्ती हुन चाहनुहुन्छ र आवश्यक योग्यता पुग्छ भने प्रक्रियामा जानुहोस् । समुद्री सेनामा एकदमै राम्रो करियर छ। ”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com