जापानमा विदेशी कामदार लिने विधेयक सरकारद्वारा स्वीकृत


प्रकाशित मिति : कार्तिक १७, २०७५ शनिबार

विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले आज नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ ।

उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद सचिवालयले जनाएको छ । विधेयकमाथि विपक्षी दल सहित प्रधानमन्त्री शिन्जो आबेको दलका सांसदले समेत विरोध गरेका छन् । जापानी उद्योगी एवं व्यवसायीहरुले यो अत्यावश्यक रहेको भन्दै प्रधानमन्त्रीको कदमको स्वागत गरेका छन् ।

जापानमा बसोबासका लागि नयाँ जारि गरिने भिसा स्टाटस हालका लागि विशिष्ट कौशल १ र विशिष्टि कौशल २ नाम दिइएको छ । यिनै दुई प्रकारका भिसामा बिदेशी कामदार ल्याउने सम्वन्धि यो विधेयकलाई जापानले बिदेशी कामदारको क्षेत्रमा चालेको अहिलेसम्मकै ठूलो कदमको रुपमा लिईएको छ ।

श्रमिक कामदारको अत्यन्त कमी रहेका क्षेत्रका लागि सीपयुक्त कामदार झिकाउन यो विधेयकले सहयोग गर्नेछ । सरकारले अब बिधेयकलाई आगामी बिहिबार संसदमा पेश गर्ने भएको छ । प्रधानमन्त्री शिन्जो आबे नेतृत्वको सरकारले विधेयकलाई जारी विशेष संसद बैठकबाटै पारित गर्ने योजना बनाएको छ तर विधेयकका सम्बन्धमा व्यापक आलोचना हुन थालेको छ । वर्षको अन्त्य हुनुअघि नै यो विधेयक स्वीकृत हुने र आगामी वर्षको अप्रिलदेखि भिसा खुला हुने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री आबले सांसदहरुसँग छलफल गर्दै जापानले श्रमिकको कमी रहेका क्षेत्रमा मात्र यो पछिल्लो व्यवस्था लागू हुने बताउनुभयो ।

नयाँ बिधेयक पारित भएका कृषि, उद्योग, नरसिंग, निर्माण लगायत १४ विभिन्न क्षेत्रका जापानी कम्पनीहरुको लागि बिदेशी कामदार ल्याउने बाटो खुल्ला हुनेछ ।

विदेशी कामदारको आगमन बढेसँगै ज्यालामा कमी आउने खतरा बढेको छ । साथै, कामदारलाई जापानको सामाजिक सुरक्षा प्रणालीमा कसरी आबद्ध गर्ने र आप्रवासी कामदारमाथि हुनसक्ने शोषणलाई कसरी रोक्ने भन्ने प्रश्न उठेको छ । जापानमा मजदूरको माग सबैभन्दा बढी कृषि, निर्माण, आतिथ्य–पर्यटन र नर्सिङ क्षेत्रमा रहेको छ । जापानमा कार्यरत धेरै न्यून सीपयुक्त कामदारहरु प्राविधिक तालिम कार्यक्रमको नाममा छन् । यो कार्यक्रममा जापान आएका धेरै कामदारले उपयुक्त सुविधा नपाएको बताइन्छ ।

नेपाली पनि आउन पाउँछन् ?

जापान सरकारको योजना र आवश्यक कामदारहरुको क्षेत्र हेर्दा नेपाली कामदारहरु पनि प्राथमिकतामा पर्ने सम्भावना छ । नेपाल र जापानबिच श्रम सम्झौता भई नेपाली कामदार जापान आउन पाउनेभएमा यसबाट बैदेशिक रोजगारिमा जाने नेपाली युवाहरु लाभान्वित हुनेछन् तर हालसम्मका लागि भने कुन देशबाट कति कामदार कुनकुन क्षेत्रमा ल्याउने भन्ने कुरा बाहिर नआइसकेकाले सरकारी निर्णयको प्रतिक्षा गर्नुको विकल्प छैन । जापानको पछिल्लो नीतिका विषयमा नेपाल सरकारले कस्तो प्रयास गर्छ भन्ने कुराले पनि नेपालीहरु नयाँ प्रकृया अन्तर्गत जापान आउन पाउँछन् कि पाउँदैनन् भन्ने कुरा निर्भर गर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com