Follow @khasokhasmag

सेल्फी खिच्ने क्रममा भीरबाट खसेर दम्पत्तीको मृत्यु


प्रकाशित मिति : कार्तिक १६, २०७५ शुक्रबार

संयुक्त राज्य अमेरिकाको योसेमाइट नेशनल पार्कमा सेल्फी खिच्ने क्रममा भीरबाट खस्दा एक भारतीय जोडीको मृत्यु भएको छ। पार्कको किनाराबाट ८ सय फिट तल खस्दा भारतीय दम्पत्ती २९ वर्षीय विश्वनाथ र ३० वर्षीया मीनाक्षी मूर्तिको मृत्यु भएको हो।

उनीहरु इञ्जिनियरिङ अध्ययन गर्ने विद्यार्थी हुन्। भीरबाट खस्नुअघि उनीहरुले तस्बिर लिन ट्राइपोड मिलाएको प्रत्यक्षदर्शीले जनाएका छन्।

अघिल्लो सोमबार भएको घटनामा ज्यान गुमाएका दम्पत्तीको शव हेलिकप्टर र दूरबिनको प्रयोग गरी निकालिएको थियो।

यो सेल्फी खिच्ने अमेरिकाको एक प्रसिद्ध पर्यटकीय स्थल हो। सन् २०११ को अक्टोबरदेखि सन् २०१७ को नोभेम्बरसम्ममा सेल्फी खिच्ने क्रममा २ सय ५० जनाको ज्यान गएको प्रतिवेदन अल इण्डिया मेडिकल साइन्सेसले प्रकाशित गरेको थियो।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com