शौचालयमा क्यामरा राखेर २ करोड ७० लाखभन्दा बढि कमाउने व्यक्ति पक्राउ


प्रकाशित मिति : कार्तिक १४, २०७५ बुधबार

एक सूचना प्रविधि सम्बन्धि कम्पनीमा काम गर्ने र्यो नातोरी भनिने व्यक्तिलाई शौचालयमा क्यामरा राखेको आरोपमा टोकियो महानगर प्रहरीले पक्राउ गरेको छ । उनले तोशिमा वडामा रहेको एक बारको शौचालयमा प्रवेश गरेर क्यामरा राखेको र महिला ग्राहकको फुटेजहरु लिएर अनलाइनमार्फत २ करोड ७० लाख येन आम्दानी गरेको बताइएको छ । ‘ मैले मेरो ऋण तिर्न र आफ्नो जिविकोपार्जनका लागि यस्तो गरेको हुँ’ ४२ वर्षिय नातोरीले भने ।

उनले ३ सय महिलाको शौचालयभित्रको फुटेज लिएर ४० अ‍ोटा फिल्म बनाएको र यसलाई क्रमैसँग अनलाइनमा पोष्ट गरेका थिए । हरेक फिल्मको खरिद मूल्य १३ सय येन देखि ३३ सय येन सम्म तोकिएको बताइएको छ । उनको सुमिदा वडास्थित निवासबाट प्रहरीले एक कम्प्युटर जफत गरेको जसमा १ हजार भन्दा महिलाको अश्लिल चलचित्र रहेको पाइएको छ ।

एक युवतीले अनलाइनमा भएको फुटेज आफ्नो भएको र सो शौचालयभित्र खिचिएको दाबी गर्दै प्रहरीमा उजुरी गरेपछि यो मामिला बाहिरिएको हो ।

उनले त्यो बार बाहेक अन्य स्थानका शौचालयमा पनि हिडन क्यामेरा जडान गरेको भेटिएको प्रहरीले बताएको टोकियो रिपोर्टरले आफ्नो समाचारमा लेखेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

https://youtu.be/inpKqt4JTGs

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com