जापानमै रहेका श्रीमान बेपत्ता, श्रीमतिद्धारा खोजिदिन आग्रह


प्रकाशित मिति : कार्तिक १४, २०७५ बुधबार

विगत ८ बर्षदेखि जापानमा बसिरहेका रुपन्देही सैनामैना ४ का वुद्धिसागर गौतम जापानमा हराएका छन् ।

श्रीमतिसहित हाल चिवा केनको मिनामी ग्योतोकुमा बस्दै आएका गौतम यही अक्टोबरको ११ तारिकदेखि हराईरहेका र उनलाई देख्नुहुने महानुभावहरुले सम्पर्क गरिदिनु हुन श्रीमती गंगा गौतमले जापानबासी सबै नेपालीहरुसंग आग्रह गरेकी छन् ।

उनले श्रीमान हराएको दुई हप्ता बितिसक्दा पनि अहिलेसम्म केहि पत्ता लागेको नलाग्दा मनमा चिसो पसेको बताइन । कहि कतै देख्नुहुने महानुभावले यथासिघ्र सम्पर्क गर्नुहुन उनले अनुरोध समेत गरेकी छन् ।

११ तारिकको बेलुकी श्रीमती कामबाट फर्कंदा उनी कोठामा थिएनन् ।केहीदिन साथिभाईकोमा गएको ठानि बाटो हेरेर आफन्त तथा चिनेजानेकोमा खवर गरेपनि केही जानकारी नपाएपछि आफुले पाँचौं दिन प्रहरी बिटमा गएर रिपोर्ट लेखाएको गंगाको भनाई छ । करिब ८ वर्ष अगाडि जापान आएका वुद्धिसागर विगत ५ वर्षदेखि श्रीमती गंगासँगै जापानमा बस्दै आएका थिए । नेपालमा उनको आमा, १२ र ३ वर्षको दुई छोरा छन् । उनले आफ्नो फोन पनि घरमा नै छाडेर गएका छन् भने पासपोर्ट पनि सँगै लगेका छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलाबखत सामान्य घरायसी बिवाद हुँदा जापानमा कसैले थाहा नपाउने ठाउँमा गएर बस्छुु भन्ने गरेका बुद्धिसागर पछिल्लो केही महिना यता भिसामा समस्या रहेकाले तनाबमा रहेको श्रीमती गंगाको भनाई छ ।

नोभेम्बर ६ तारिखमा भिसा सकिने भएकाले सोही मितिमा नेपाल फर्कनको लागि दुईवटा हवाई टिकट समेत बुकिगं गराईसकेका बुद्धिसागरले टिकट भने नलिइसकेको बुझिएको छ ।

उनकी श्रीमतीका अनुसार बैंकको च्यूचो भने उनले साथैमा लिएर गएका थिए । तर उनले उक्त च्यूचो पनि ग्योतोकु नजिकैको सुपरमार्केटमा खसालेको र प्रहरीले श्रीमतीलाई खबर गरेर बुझाएको बताइएको छ ।

अरुसंग लिन र दिन बाँकी पैसा पनि कापिमा लेखेर छोडेको पाएपछि श्रीमतिले आफुलाई डर लागेको बताइन ।

उनलाई देख्नुहुनेहरुले सम्पर्क नम्बर ०८०६५१०४०४१ श्रीमती र ०८०–३६०८–७४४२ मा रामजी गौतमलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com