अष्ट्रेलिया आएर यतै बस्नेहरु कति खुशी ? यस्तो बताउँछ अनुसन्धान


प्रकाशित मिति : कार्तिक १३, २०७५ मंगलबार

अष्ट्रेलियामा विदेशीहरुको संख्या बढ्दो क्रममा छ । नेपाल, भारत, चीन, पाकिस्तान लगायतका देशहरुबाट बसाई सर्नेहरुको त लर्को नै लागेको छ। यहाँ बसाई सरेर बसिरहेका ती विदेशीहरु कत्तिको खुशी छन् त ?

एसबिएस न्युजका अनुसार यस सम्बन्धि अनुसन्धानको लागि एउटा डकुमेन्ट्री बनाइएको छ। जसमा अन्य देशबाट आएर हाल अष्ट्रेलिया बसेकाहरुले यहाँको जीवनशैली, वातावरण र आफ्नो सन्तुष्टीका बारेमा बताएका छन्।

उक्त डकुमेन्ट्रीमा बोल्ने अधिकांशले यहाँ सुरुमा आउँदा बोल्न अप्ठ्यारो भएको, काम खोज्न गाह्रो भएको र यहाँ बस्नको लागि खर्च धेरै नै लाग्ने बताएका छन् । उनीहरुका अनुसार आफ्नो परिवार र आफू हुर्केको ठाउँ सम्झिंदा अझ नरमाइलो लाग्छ।

उक्त अनुसन्धानबाट हरेक पांच जना मध्ये एक जनालाई सुरुका पांच वर्ष यहाँको बसाई निराशाजनक हुने पत्ता लागेको छ ।

तर समग्रमा हेर्दा अष्ट्रेलिया आएर बस्नेहरु यहाँको बसाईदेखि खुशी र सन्तुष्ट छन् । उनीहरुका अनुसार सुरुमा केही वर्ष नरमाइलो लागेपनि करियर विकासको अवसर, स्वच्छ हावापानी, राम्रो सिस्टम, स्वस्थ जीवनशैली, बहुसांस्कृतिक समाज आदि कारणले यहाँको बसाईले उनीहरु एकदमै खुशी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com