मलेसियामा रोजगारी खुल्दै, कामदारको सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्ने


प्रकाशित मिति : कार्तिक ११, २०७५ आईतबार

बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्न त्यहाँका मानव संशाधन मन्त्री एम कुलेसेगरन आइतबार (आज) काठमाडौं आउँदैछन्।

नेपालीका लागि ६ महिनादेखि बन्द मलेसियाको रोजगारी पुनः सुचारु गर्न दुवै मुलुकबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ।

यसैका लागि मन्त्री कुलेसेगरन काठमाडौं आउने भएका हुन् ।

यसअघि सञ्चालनमा रहेका बायोमेडिकल (बायोमेट्रिक), ओएससी, आइएससी जस्ता संस्थालाई निरन्तरता दिन सहमति भएपछि पहिलोपटक नेपाल र मेलसियाबीच श्रम समझदारी (एमओयु) हुन थालेको हो ।

६ महिनाअघिकै प्रक्रियाम अनुसार मलेसियाले नेपालबाट कामदार लैजाने भए पनि अबदेखि कामदारको सम्पूर्ण खर्च मलेसियान रोजगारदाताले बेहोर्ने छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com