अष्ट्रेलियामा तलबमा किन ठगिन्छन् विद्यार्थीहरु ? यस्ता छन् कारण र कानुनी सहयोगको उपाय


प्रकाशित मिति : कार्तिक ११, २०७५ आईतबार

अष्ट्रेलियामा कामदारहरुको हकको लागि अष्ट्रेलिया सरकारकै मातहतको फेयरवर्क कमिसनले काम गर्छ। फेयरवर्क कमिसनले कामदारहरुको लागि न्युनतम ज्याला तोक्नुका साथै उनीहरुमाथि अन्यायपूर्ण क्रियाकलाप भएको थाहा पाएमा कामदाता वा कम्पनीको विरुद्धमा आवश्यक कारबाही अगाडी बढाउँछ ।

फेयरवर्क कमिसनले अष्ट्रेलियामा न्युनतम तलब एक घण्टाको १८.९३ डलर तोकेको छ । जस अनुसार एक हप्ताको न्युनतम तलब करिब ७१९.२० डलर हुन्छ । यो तलब कर नकाटिएको रकम हो ।

फेयरवर्क कमिसनका अधिकारीहरुका अनुसार, कामदारले यो न्युनतम तलब भन्दा बढी तलब पाउनुपर्छ । तर विभिन्न अध्ययनमा देखिएको नतिजामा भने केही विदेशी विद्यार्थीहरुले न्युनतम तलब समेत पाइरहेका छैनन् ।

अनुसन्धानकर्ताहरुका अनुसार, सुरुमा काम पाउन गाह्रो हुने, आफूसंग सीप नहुने, अष्ट्रेलियाको कानुन र फेयरवर्क कमिसनसंग सम्बन्धित जानकारी नहुने आदि कारणले गर्दा विदेशी विद्यार्थीहरु न्युनतम तलब भन्दा पनि कम तलबमा काम गरिरहेका हुन्छन् । कम्पनीहरुले उनीहरुमाथि लाभ उठाईरहेका हुन्छन् भने कतिपय विद्यार्थीले ठगिनुलाई बाध्यता मान्छन् । तर त्यो अवस्थामा बोल्न सकेमा फेयर वर्क कमिसनले उनीहरुलाई सहयोग गर्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेयरवर्कले तोकेको न्युनतम तलबभन्दा कम तलब पाइरहेका विद्यार्थीले फेयरवर्क कमिसनको वेबसाइट वा १३ १३ ९४ मा फोन सम्पर्क गरेर सहयोग लिन सक्छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com