ज्याक माको खुलासाः १९ वर्षअघि बिल गेट्सलाई घृणा गर्दथेँ तर केही दिनमै प्रशंसक भए


प्रकाशित मिति : कार्तिक १०, २०७५ शनिबार

ज्याक मा ले सन् १९९९ मा जब अलिबाबाको सुरुवात गरेका थिए तब उनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई घृणा गर्दथे । ज्याक मालाई लाग्थ्यो कि माइक्रोसफ्टले सबै मौका खोस्यो । इजराइलको तेल अविवमा इनोभेसन समिटको क्रममा बिहिबार मा आफैंले यो कुराको खुलासा गरेका हुन् ।

ज्याक मा एशियाको सबैभन्दा धेरै मार्केट भ्यालु भएको अलिबाबा ग्रुपका चेयरम्यान हुन् । उनी चीनका सबैभन्दा धनी उद्योगपति हुन् । उनको सम्पत्ति ३६.७ अर्ब डलर छ ।

ज्याक माका अनुसार अलिबाबाको सुरुवाती समयमा माइक्रोसफ्ट, आइबीएम, आरेकलजस्ता कम्पनीको महँगो सेवाका कारण स्टार्टअपका लागि समस्या हुने गर्दथ्यो । तर उनलाई तत्काल थाहा भयो कि यसका लागि बिल गेट्स वा अन्य व्यक्ति जिम्मेवार छैनन् । उनलाई लाग्न थाल्यो कि यस्तो बहाना बनाएर उनी आफ्नो र अन्य नयाँ कारोबारीका लागि मौका गुमाइरहेका थिए ।

अलिबाबाका अध्यक्षलाई लाग्छ कि धेरै मानिसहरु यो भएन, त्यो भएन भन्दै बहाना बनाइरहन्छन् । उनी भन्छन्, ‘तर यदि तपाईं बहाना र समस्यालाई समाधान गर्न सक्नुहुन्छ भने त्यो अवसरमा परिणत हुन्छ । ’ यस्तै सोचलाई अनुसरण गर्दै आफूले साधारण र सस्तो प्रविधी तयार गरेको उनले जानकारी दिए ।

बिल गेट्सबाट धेरै कुरा सिकेंः ज्याक मा

यस्तो महसुस हुनेबित्तिकै आफू बिल गेट्सको फ्यान भएको उनले बताए । माले थुप्रै पटक भनिसकेका छन् कि बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेशनले उनलाई सामाजिक कार्यको प्रेरणा पाएका छन् ।

ज्याक माले गत महिना व्यापारिक जिम्मेवारीबाट अवकाश लिने घोषणा गरेका थिए । त्यतिबेला पनि उनले बिल गेट्सबाट धेरै कुरा सिकेको बताएका थिए । उनले भनेका थिए, ‘बिल गेट्सबाट मैले धेरै कुरा सिकें । म कहिले पनि उनी जत्तिको धनी हुन सक्दिनँ । तर उनीभन्दा अघि अवकाश त लिन सक्छु ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com