महिलाले भिखारीलाई सधैं सडक किनारमा लेखिरहेको देख्थिन्, एक दिन कागज खोलेर हेर्दा…


प्रकाशित मिति : कार्तिक ९, २०७५ शुक्रबार

ब्राजिलको सडकमा भिख मागेर गुजारा गर्ने एक व्यक्ति अचानक स्टार बने । राइमुंडो अरुडो नामका ती व्यक्ति ३५ वर्षदेखि सडक किनारमा बसेर भिख माग्थे ।

नजिकैको एक घरमा बस्ने महिला सधैं उनको अगाडिबाट हिँड्थिन् । एक दिन महिलाले ख्यान गरिन् कि ती भिखारी सधैं केही न केही रद्दी कागजमा लेखिरहेका हुन्थे । एक दिन महिलाले सोधिन् कि उनी दिनहुँ के लेख्छन् । त्यसपछि भने ती भिखारीको जिन्दगी नै बदलियो ।

शाला मोन्टिएरो नामकी ती महिलाले उनले के गर्छन् भनेर सोध्दा राइमुण्डो केही बोलेनन् बरु एउटा कागज दिए । महिलले जब त्यसलाई त्यसपछि बल्ल थाहा भयो त्यो निकै आकर्षक कविता थियो । शालाले बुझिन् कि यी व्यक्ति वर्षौंदेखि सडक किनारा बसेर कविता लेख्थे । शाला लगातार कैयौं दिनसम्म उनलाई भेटिरहिन् । हरेक पटक ती भिखारी शालालाई नयाँ कविता लेखेर दिन्थे । यसबाट प्रभावित भएर शालाले एक कविता फेसबुकमा शेयर गरिन् । त्यो कविता निकै भाइरल भयो । मानिसहरुले पत्याउनै सकेनन् कि एक भिखारी यति राम्रो कविता लेख्न सक्छन् । शालाले कविता लेखिएको कागजको फोटो खिचेर त्यो पनि शेयर गरिन् ।

शालाले राइमुण्डोको नामबाट एउटा फेसबुक पेज बनाएर जो कविता शेयर गरेकी थिइन् तिनीहरु एकदमै लोकप्रिय भए । हेर्दाहेर्दै राइमुण्डोका फ्यान बढ्न थाले । अहिले राइमुण्डोको फेसबुकमा फलोअरको संख्या २ लाख पुग्न लागेको छ । राइमुण्डो चर्चित भएपछि मानिसहरु उनलाई भेट्न जान थाले । उनको फेसबुक पेज बनाउने महिलाले उनलाई नुहाइदिइन्, कपाल, दाह्री काटिदिइन् । उनको नयाँ रुप देखेर उनलाई चिन्न मुस्किल थियो तर नयाँ लुकको फोटो फेसबुकमा देखेर उनका भाइले उनलाई चिने । त्यसपछि थाहा भयो कि राइमुण्डो एक व्यापारी थिए जो सैनिक तानाशाही शासनका बेला परिवारबाट बिछोडिएका थिए । त्यसपछि पैसाको अभावमा उनको यो हाल भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com