जापानका रेल स्टेशनमा अब रोबोट हुनेछ ‘सेक्युरिटि गार्ड’


प्रकाशित मिति : कार्तिक ९, २०७५ शुक्रबार

जापानको रेलवे स्टेशनमा सेक्युरिटि गार्डका रुपमा सेवा दिने रोबोट निर्माण गरिएको छ । सन् २०२० मा आयोजना गरिने टोकियो ओलम्पिक्स र प्यारालिम्पिक्सका लागि सुरक्षा तिव्र पार्ने उद्धेश्यसहित बिकास गरिएको सो रोबोटलाई विहिवार एक पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।

कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) ले चल्ने र सेक्युरिटि क्यामरा जडान गरिएको सो रोबोटले स्टेशनमा उपस्थित शंकास्पद व्यक्ति वा वस्तुको सजिलै पहिचान गर्न सक्ने बताइएको छ । साथै यसले कर्मचारीको बोझ पनि केही कम गर्न सहयोग गर्ने बताइएको छ ।

पेरस्यूबोट नाम दिइएको सो रोबोटको उचाइ १ सय ६७ दशमलव ५ सेण्टिमिटर रहेको छ भने लम्बाई र चौडाई क्रमशः ६१ सेण्टिमिटर र ९० दशमलव ५ सेण्टिमिटर रहेको छ । आगामी नोभेम्बर २६ देखि ३० सम्म सो रोबोटलाई परिक्षणका लागि टोकियोको सेइबु सिन्जुकु स्टेशनमा राखिने यस मामिलासँग जानकार स्रोतले बताएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोबोटले बाधा अड्चन हटाउँदै कामका समयमा ब्रेल टाइलमाथि ओहोरदोहोर गर्न सक्छ । साथै यदि केही शंकास्पद गतिविधि भएको पाइएमा सुरक्षा अधिकारीहरुलाई सन्देश पनि पठाउन सक्ने बताइएको छ ।

टोकियो मेट्रोपोलिटन इण्डष्ट्रियल टेक्नोलोजी रिसर्च इन्सटिच्यूट, सेइबु रेलवे कर्पोरशेन, सूचना प्रविधि कम्पनी निहोन युनिस लिमिटेड र एआई क्यामरा डेभलोपर कम्पनी अर्थ आइजले संयुक्त रुपमा यसको निर्माण गरेका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com