जापानमा कामदारहरुलाई बैंक खाता नचाहिने, स्मार्टफोनमै तलव बुझ्ने व्यवस्था सुरु गर्ने तयारी


प्रकाशित मिति : कार्तिक ९, २०७५ शुक्रबार

जापानले स्मार्टफोनको माध्यमबाट कर्मचारीलाई तलव दिने व्यवस्था ल्याउने तयारी गरिरहेको छ । बैंक खाता नभएका विदेशी कामदारले सजिलै तलव पाउन सकुन् भन्ने उद्धेश्यले यहाँका व्यवसायहरुले स्मार्टफोन वा पेरोल कार्डको माध्यमबाट इलेक्ट्रोनिक पैसामा तलव दिने योजना बनाएको निक्केई सिनबुनले आफ्नो अनलाइन संस्करणमा लेखेको छ ।

अर्को वर्षसम्म यो व्यवस्था कार्यान्वयनमा आउने गरी स्वास्थ्य श्रम तथा कल्याणकारी मन्त्रालयले यसमा काम गरिरहेको बताइएको छ । यससँगै जापान पनि नगदरहित आजको युगमा एक कदम अगाडि बढ्ने विश्लेषण गरिएको छ ।

जापानको सन् १९४७ मा बनेको श्रम कानूनमा भने श्रमिकको तलव सिधै नगदमै भुक्तानी गर्नुपर्ने व्यवस्था छ । केही पछि यसलाई संसोधन गर्दै बैंक खातामा तलव जम्मा हुने व्यवस्था ल्याइएको थियो । नयाँ परिवर्तनसँगै कर्मचारीले आफ्नो तलव स्मार्टफोन एप्लिकेशन वा अन्य कुनै विद्युतिय माध्यमबाट समेत पाउन सक्नेछन् । यसो गर्दा बैंक खाता नभएकाहरुले पनि सजिलै तलव लिन पाउने छन् ।

जापानमा नगदरहित सेटलमेण्ट २० प्रतिशत मात्रै छ । जबकी पश्चिम राष्ट्रमा यो ४० देखि ५० प्रतिशतको हाराहरीमा रहेको छ । डिजिट नगदमा हुने तलव भुक्तानीले वित्तीय प्रविधिमा नवप्रवर्तनलाई बढावा दिने अनुमान गरिएको छ । यसले विदेशी कर्मचारीलाई दिनुपर्ने क्षतिपूर्तीको प्रकृयालाई पनि तिव्र र सजिलो पार्छ । बैंक खाता हुनेहरुले कागजी काममा धेरै झन्झट बेहोर्नु पर्छ । आफ्नो तलव कसरी बुझ्ने भन्ने कुरामा चाहिँ कर्मचारीलाई छूटको व्यवस्था गरिएको छ । यस्तो सेवा दिने कम्पनी वित्तीय सेवा संस्थामा फण्ड ट्रान्सफर सेवा प्रदायकका रुपमा दर्ता हुनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले विश्व नगदरहित व्यवस्थातर्फ अघि बढीरहेको अवस्थामा जापान भने नगद भुक्तानीमै अड्किएर बसिरहेको छ । श्रमिक अभावका कारण जापानमा विदेशी कामदारको माग बढीरहेको यो अवस्थामा विदेशी कामदारमैत्री नियमहरु विस्तारै आउँदै गरेको देख्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com