अष्ट्रेलिया सरकारद्वारा भिसाको लागि चारित्रिक जांचमा कडाइ


प्रकाशित मिति : कार्तिक ९, २०७५ शुक्रबार

अष्ट्रेलिया सरकारले भिसाको लागि फेरी अर्को कडा नीति अपनाउने भएको छ । यसमा चारित्रिक जांचमा अब कडाइ हुनेछ ।

घरेलु हिंसा, यौन हिंसा, हतियार बोकेको आदि आरोप लागेका व्यक्तिहरुको सुरुमा भिसा आवेदन स्वीकार नभएतापनि केही समय पछि, चरित्र सुधार भएको आधारमा, क्षमायाचना गरेको आधारमा भिसा पाउँदै आएका थिए । तर, अब भने त्यस्तो किसिमको कुनै पनि आरोप लागेका, त्यस्ता घटनामा संलग्न पाइएका व्यक्तिहरुले भिसा नपाउने भएका छन् ।

यौनजन्य हिंसा, घरेलु हिंसा, हतियार बोकेका आदि घटनामा संलग्न व्यक्तिले दुई वर्ष या सो भन्दा माथीको जेल सजाय पाउनेछन् र उनीहरु भिसाको लागि योग्य मानिने छैनन् । त्यस्तै, यदि ती अपराधमा पहिले संलग्न भएको पाइएका व्यक्तिहरुले दुई वर्ष या सो भन्दा कम सजाय अथवा जेल सजाय नै नभोगेको भएतापनि उनीहरु अब भिसाको लागि योग्य मानिने छैनन् ।

यो नियमको प्रस्ताव संसदमा पुगेको छ र छिट्टै लागु हुने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com