अल कायदाको कब्जामा परेका जापानी पत्रकार मुक्त


प्रकाशित मिति : कार्तिक ८, २०७५ बिहीबार

तीन वर्षअघि सिरियामा शशस्त्र समूहको कब्जामा परेका जापानी पत्रकार जुम्पेई यासुदा मुक्त भएको र हाल उनी टर्कीमा रहेको जापान सरकारले पुष्टि गरेको छ ।

मंगलवार अबेर एक पत्रकार सम्मेलन गर्दै जापानी संसदका प्रमुख सचिव योशिहिदे सुगाले एक पत्रकार मुक्त भएको र मुक्त भएका व्यक्ति उनै पत्रकार भएको पक्का नभएपनि पक्राउ परेका जापानी पत्रकार नै हुने सम्भावना बढी रहेको र यसकारे यासुदाका पत्नीलाई पनि जानकारी गराइसकिएको बताएका थिए ।

बुधवार विदेशमन्त्री तारो कोनोले उनको रिहाइको पुष्टि गरेका हुन् । उनको स्वास्थ्य अवस्था पनि राम्रो रहेको कोनोले बताए ।

प्रधानमन्त्री शिन्जो आबेले पत्रकार यासुदाको रिहाईको पुष्टि गर्दै उनको रिहाईमा सहयोग गरेका देशहरु कतार र टर्कीलाई धन्यवाद व्यक्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिरियाली युद्धबारे रिपोर्टिंग गर्ने क्रममा यासुदा सन् २०१५ मा सिरियाली शहर इड्लिबबाट सम्पर्कबिहिन बनेका थिए । उनी अल कायदा सम्बद्ध जाबात फतेह अल सामको कब्जामा परेका र समूहले १ करोड डलर फिरौतीको माग गरेका थिए । सो रकम तिरेपछि उनी स्वतन्त्र भएको हुन सक्ने अनुमान गरिएको भएपनि बुधवार नै एक छुट्टै पत्रकार सम्मेलनमा जापानी संसदका प्रमुख सचिव योशिहिदे सुगाले कुनैपनि फिरौती रकम नतिरिएको जानकारी गराए । उनले कतार र टर्की सरकारको पहलमा यासुदा छुटेको स्पष्ट पारे ।

हाल ४४ बर्षका यासुदा सन् २००४ मा पनि इराकी शशस्त्र समूहको कब्जामा परेका थिए । तर त्यो बेलामा उनलाई समूहले कुनै हानी नगरिकन अपहरण गरेको तीनदिन पछि मुक्त गरिदिएको थियो । उनी साइतामा प्रिफेक्चरका स्थायी वासिन्दा हुन् भने पत्रकारिता करियर स् १९९७ मा नागानो प्रिफेक्चरबाट प्रकाशित हुने स्थानीय पत्रिका शिनानो माइनिची सिन्बुनबाट सुरु गरेका थिए । उनले सन् २००३ देखि स्वतन्त्र पत्रकारिता सुरु गरेका हुन् ।

एक भिडियो सन्देशमा उनले आँफु हाल टर्कीमा रहेको र सुरक्षित रहेको बताएका छन् ।

सन २०१५ मा आतंकवादी समुह स्लामिक स्टेटले २ जापानी नागरिकहरु केइन्जी गोतो र हारुमा युकावाको हत्या गरेको थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com