Follow @khasokhasmag

हृदयघातको कारण जापानमा एक नेपाली महिलाको निधन


प्रकाशित मिति : कार्तिक ८, २०७५ बिहीबार

गल्कोट नगरपालिका मल्म स्थायी घर भई जापानको नागोया शहरको मिनातो कुमा बसोबास गर्दै आइरहेकी एक नेपाली महिलाको आकस्मिक निधन भएको छ । एक्कासि बेहोस भै लडेपछि उपचारार्थ हस्पिटलमा लगिएकी ५० बर्षिय तुलसी देवी बस्नेतको हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो । उनलाई यही २४ तारिक मध्यरात १२ः११ मा डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

डाक्टरहरुका अनुसार मृत्युको कारण हृदयघात रहेको पारिवारिक स्रोतले बताएको छ । मृतकका श्रीमान् २ छोरा र १ छोरी जापानमा नै रहेका छन् भने मृतकको अन्त्यष्टी यहि २६ तारिक गरिने भएको छ ।

बस्नेतलाइ अन्तिम श्रदाञ्जली संगै अन्त्यष्टीका लागि उपस्थित हुन सम्पूर्ण जापानबासि नेपालीमा गल्कोट समाज जापान क्षेत्रीय समिति नागोया का अध्यक्ष युवराज गौतमले सबैमा अनुरोध समेत गरेका छन् ।

अन्त्यष्टी निम्न मिति समय र स्थानमा हुँदैछः

श्रदाञ्जलीको लागि
ठेगाना : 名古屋市港区正保町8-9
फोन न. 052-383-2900(नावी)
समय दिनको : १२:२० देखि १:३० बजे सम्म श्रदाञ्जलीको लागि

अन्त्यष्टी गरिने स्थान :
ठेगाना: (यागोतो) 名古屋市天白区天白町大字八事字裏山69
फोन: 052-832-1750 नावी समेत
समय : दिनको २:३० बजे

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com