अष्ट्रेलियामा लिबरल कोअलिसन सरकार अल्पमतमा, राजनीतिक अस्थिरता आउनसक्ने


प्रकाशित मिति : कार्तिक ४, २०७५ आईतबार

अष्ट्रेलियामा स्कट मरिसनले नेतृत्व गरेको लिबरल कोअलिसन सरकार अल्पमतमा परेको छ ।

शनिबार भएको उप निर्वाचनमा लिबरलका उम्मेदवारले हार ब्योहोरेपछि सरकार अल्पमतमा परेको हो । पूर्व प्रधानमन्त्री माल्कम टर्नबुलले राजनीतिबाट सन्यास लिएपछि सिड्नीस्थित उहाँको निर्वाचन क्षेत्र वेन्टवर्थमा उप निर्वाचन भएको थियो । उक्त निर्वाचनमा लिबरलका भारतीय मुलका देव शर्माका साथै स्वतन्त्र उम्मेदवार डा केरन फेल्प्स र विपक्षी दल लेबरका उम्मेदवार टीम मुर्रे लगायतका मैदानमा उत्रिएका थिए ।

लिबरलले दशकौंदेखि एकलौटी रुपमा जित हासिल गर्दै आएको उक्त क्षेत्रमा अप्रत्यासित रुपमा स्वतन्त्र उम्मेदवार फेल्प्सले जित हासिल गरेपछि सत्तारुढ लिबरल कोअलिसनले संसदमा रहेको ७५ सिटको बहुमत समेत गुमाउन पुगेको छ । जित हासिल गरेकी स्वतन्त्र उम्मेदवार फेल्प्सले सरकारलाई सहयोग गर्ने बताएको भएपनि राजनीतिक अन्यौल भने शुरु भएको छ । पछिल्लो केही समयदेखि पेचिलो बन्दै गएको अष्ट्रेलियाको राजनीतिमा शनिबार भएको उप निर्वाचनपछि अस्थिरता आउन सक्ने विष्लेषण गरिएको छ । वर्तमान सरकारलाई स्वतन्त्र सांसदहरुले पूर्ण सहयोग नगरेको खण्डमा आउँदो मे मा हुनुपर्ने निर्वाचन समय अगावै हुन सक्ने विष्लेषण समेत शुरु भएको छ ।

अष्ट्रेलियाको यो उप निर्वाचन दक्षिण एसियाका देशहरुमा देखिने घिनलाग्दो राजनीति र बदलाको भावनाले ग्रस्त भएको छनक दिएको विश्लेषकहरु बताउछन् । सरकार अल्पमतमा परेको भएपनि केही स्वतन्त्र सांसदहरु तथा उपसभामुखले सरकारलाई टिकाउने र समय अगावै निर्वाचन टार्ने संकेत दिइसकेकाले अहिलेलाई राजनीतिक अन्यौलता टर्न सक्ने विश्वास गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com