किम जोङ उनसँग अनुहार मिलेपछि रातारात प्रसिद्ध, दैनिक कमाइ १५ लाख


प्रकाशित मिति : आश्विन २९, २०७५ सोमबार

उत्तर कोरियाका राष्ट्रप्रमुख किम जोङ उन सन् २०१८ मा हेडलाइनमा छाए । आणविक युद्धको धम्की दिने र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग शाब्दिक लडाईंमा समेत चर्चा पाएक उन शान्ति सम्झौता गरेर प्रसिद्ध बने । प्रत्येकपटक उन समाचार बन्दा दुईजना अनपेक्षित लाभार्थीको फोन बज्ने गर्छ ।

हङकङमा बस्ने राजनीतिक व्यंग्यकार हावर्ड एक्स र सउलमा बस्ने मिनयोङ किम आफूहरूलाई किम जोङ–उनका रूपधारी संघका दुईजना मात्र सदस्य मान्छन् । विगत ६ वर्षदेखि यी दुईजनाले उत्तर कोरियाली नेतासँग अनुहार मिलेका कारण पैसा कमाइरहेका छन् । उनीहरू दिनको १५ लाख रुपैयाँभन्दा बढी कमाइरहेका छन् । भिडियो गेममा खेल्न, शपिङ मलको उद्घाटन गर्न र अर्बपतिहरूका जन्मदिनका पार्टीमा पाहुनाको मनोरञ्जनका लागि उनीहरू पुग्ने गरेका छन् ।

‘किम जोङ उनले क्षेप्यास्त्र प्रहार गर्दा वा ट्रम्पलाई खुस्केट बूढो भन्दा मेरो फोनमा जागिरको अफर आउँछ,’ हावर्ड भन्छन्, ‘अफर जहिले पनि अन्तिम समयमा आउँछ, कहिलेकाहीँ २४ घण्टाको म्यादमा आउँछ । अनि जे पनि गर्नुपर्ने हुन्छ ।’ मिनयोङ केन्टकी फ्राइड चिकनको नयाँ विज्ञापनको शुटिङका लागि सम्झौता गरिरहेका छन् भने हावर्डलाई हालै मकाउमा एउटा समारोहमा ट्रम्प र पुटिनको नक्कल गर्ने कलाकारसँग देखिने गरी नियुक्त गरिएको छ ।

किम जोङ उन सन् २०११ को डिसेम्बरमा सत्तामा आउँदा मिनयोङ दक्षिण कोरियामा सैन्य सेवामा थिए । सैन्य सेवा सकेपछि उनले उत्तर कोरियाली नेतासँगको सारूप्यलाई अँगाल्ने निर्णय गरे । हालोवीनमा उनले स्थानीय हजामलाई किम जोङ उनको जस्तो गरी कपाल कटाउन लगाए, एउटा सस्तो कालो सुट किने अनि सउलको होङदाए जिल्लातिर गए । त्यहाँ उनको भव्य स्वागत भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हावर्ड पनि यसैगरी रातारात प्रसिद्ध भएका हुन् । उनले आफूलाई किम जस्तो देखाएर फेसबुकमा अप्रिल फूलको दिनमा तस्बिर राखे । ती तस्बिर भाइरल भए र उनको करियर शुरूवात भयो तर उनलाई सही रूपमा कपाल
कटाउन संघर्ष गर्नुपरेको थियो ।

यी दुई कलाकारहरूको शैली पूरै फरक छ । मिनयोङले किशोर अवस्थामा अभिनेता बन्ने सपना देखेका थिए र पछि अर्थशास्त्रमा स्नातकोत्तर गरे । उनले किमको बोल्ने शैली र हाउभाउ दुरुस्त उतार्ने गरेका छन् । हावर्ड चाहिँ अस्ट्रेलियामा हुर्केका हुन् र कोरियाली भाषा बोल्दैनन् । उनी लाज नमानी उत्तेजक कुरा गर्छन् । उनले सिंगापुरमा दर्शकहरूलाई स्तब्ध बनाउँदै सोध्छन्, ‘कुन तानाशाह राम्रो देखिन्छः म कि तिमीहरूको प्रधानमन्त्री ?’ बिबिसीबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com