दिन दहाडै बीच सडकमा न्यायधीशकी श्रीमती र छोरालाई आफ्नै बडीगार्डले गोली हाने


प्रकाशित मिति : आश्विन २८, २०७५ आईतबार

भारतको गुडगाउमा आज शनिबार आफ्नै बडीगार्डद्वारा न्यायधीशकी श्रीमती र उनको छोरालाई बिच बजारमा गोली हानेका छन् । न्यायधीश कृष्णकात शर्माकी श्रीमती र छोरालाई गोली हानेको बताइएको छ।

ति बडीगार्डलाईइ प्रहरीले पक्राउ गरिसकेको भारतीय मिडियामा खबर छ । घटना शनिबार दिउँसो आर्केडिया मार्केटमा भएको थियो । गोली लागेपछि एक पुलिस जवानले घाइतेलाई लछारपछार गर्दै कारमा लगाउन खोजेको भिडियो सार्बजनिक भएको छ ।

आमा छोरा किनमेलका लागी बजार गएको बेला दिनदहाडै हत्या कोशिस गरिएको थियो । उनीहरुको अहिले उपचार भएपनि अवस्था गम्भीर रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com