बैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीका लागि खुसीको खबर, कात्तिक २१ वाट सुरु हुन्छ यस्तो नियम


प्रकाशित मिति : आश्विन २८, २०७५ आईतबार

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदार निःशुल्क लैजानेबारे नेपाल र मलेसियाबीच कात्तिक १२ गते समझदारीपत्र (एमओ) मा हस्ताक्षर हुने भए पछि वैदेशिक रोजगारीका नाममा झेल्नुपर्ने अनेक झण्झटको अन्त्य हुने भएको छ । समझदारीपत्रसँगै नेपाली कामदार पुनः मलेसिया जाने बाटो खुल्नेछ ।

Kuala Lumpur

मलेसिया जाने नेपालीलाई एजेन्टहरुले विभिन्न वहानामा अतिरिक्त पैसा लिने भएकाले समस्यामा पर्दै आएका थिए । सो समस्यावाट छुट दिलाउन सरकारी तवरवाटै मलेसिया कामदार पठाउने प्रकृया सुरु भएको हो । समझदारीका लागि मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन ११ गते काठमाडौं आउने तय भएको छ ।

बिचौलिया संयन्त्रका कारण भिसा प्रक्रियामै कामदार ठगिने गरेका थिए । श्रम मन्त्रीका रुपमा गोकर्ण बिष्ट आए पछि समस्या समाधानको पहल सुरु भएको हो । मन्त्री विष्टले कामदारलाई ठग्ने प्रकृया बन्द नगर्दा सम्मका लागि भन्दै मलेसिया कामदार पठाउने प्रकृया नै बन्द गराएका थिए । कामदार नै रोकिएपछि मलेसिया भिसाा प्रक्रिया निःशुल्क बनाउन सहमत भएको हो ।
एमओयूमा हस्ताक्षरपछि मलेसिया जाने कामदारले कुनै शुल्क तिर्नु पर्नेछैन । तर, मेडिकल र इमिग्रेसन सेक्युरिटी क्लियरेन्समा फेल भएका कामदार भने मलेसिया जान पाउँदैनन् । साथै प्रक्रियामा लागेको रकम पनि आफैंले व्यहोर्नुपर्छ ।

सबै प्रक्रिया पास गरेको कामदारको शुल्क मात्र मलेसियाको रोजगारदाता कम्पनीले तिर्ने ब्यवस्था लागू गरिएको छ ।
नेपाल र मलेसियाबीच हुने समझदारीले बायोमेट्रिकका नाममा कामदारको स्वास्थ्य परीक्षणमा यसअघि ३९ वटा मात्र मेडिकलले चलाएको सिण्डिकेट समाप्त हुनेछ ।हस्ताक्षर हुन लागेको एमओयू अनुसार नेपाली कामदारको करार अवधि दुई वर्षको हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com