ग्रीसमा कार र ट्रक जुध्दा ११ जनाको मृत्यु
प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार
उत्तरी ग्रीसमा शनिबार कार र ट्रक जुधेर भएको दुर्घटनामा कारमा सवार ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले कारमा आप्रवासीहरु रहेको आशंका गरेको छ ।
अग्निनियन्त्रकहरुले कारबाट ११ जनाको शव निकालेका छन् । उक्त कार थेस्सालोनिकीतर्फ गइरहेको थियो । काभालातर्फ गइरहेको ट्रकका ड्राइभर भने सकुशल रहेका छन् ।
ग्रीक प्रहरीले विगतमा उक्त कार आप्रवासीको तस्करीमा प्रयोग हुने गरेको जनाएको छ । शनिबार बिहान पनि उक्त कार जाँचका लागि रोक्न खोज्दा भागेको प्रहरीको दाबी छ ।
गत जुन महिनामा काभाला नजिक भ्यान दुर्घटना हुँदा तीन जना बालबालिका सहित छ जनाको मृत्यु भएको थियो । उक्त भ्यानमा सिरिया र इरानका १६ जना आप्रवासी चढेको फेला परेको थियो ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






