चीनले खोस्यो अमेरिकाको विश्वरेकर्ड, एकै साथ नाचे हजारौं मानिसहरु


प्रकाशित मिति : आश्विन २४, २०७५ बुधबार

एकै साथ हजारौँ मानिसहरुले नृत्य गरी चीनको शांक्सी प्रान्तले विश्वरेकर्ड कायम गरेको छ । चीनका २० हजार मानिसहरुले ५ मिनेटसम्म डान्स गरेर विश्वरेकर्ड कायम गरेको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

यो रेकर्ड कायम गर्नको लागि चीनका फरक–फरक स्थानमा मानिसहरुले १० पटक अभ्यास गरेका थिए । यति धेरै मानिसहरुको तारतम्य मिलाउन सम्भव थिएन तर हरेकदिनको मेहनत र परिश्रमले यो कुरा सम्भव बनायो ।

विश्व रेकर्ड राख्ने संस्थाले चीनलाई यस कार्यको लागि विश्वरेकर्डको सर्टिफिकेट दिएको छ । यसभन्दा अघि यो विश्वरेकर्डको उपाधी अमेरिकासँग थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com