पत्रकार भिक्टोरियाको बलात्कारपछि हत्या


प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार

बुल्गेरियामा खोज पत्रकारिता गर्दै आएकी एक टेलिभिजन पत्रकार महिलाको बलात्कारपछि हत्या भएको छ । अधिकारीका अनुसार रुसे सहरको उत्तरी क्षेत्रमा ३० वर्षीया पत्रकार भिक्टोरिया मारिनोभाको मृत शरिर भेटिएको हो ।

मारिनोभाको चस्मा, कारको चापी, मोबाइल फोन र कपडा समेत घटनास्थलमा थिएन’ खोजीमा संलग्न अधिकारीहरुले बताएका छन् । उनको खोजी गरेको समाचारकै प्रतिशोधको रुपमा घटना भएको हुनसक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।बुल्गेरियाका प्रधानमन्त्री ब्योको बोरिसोभले भने घटनाको छानविन गर्ने र दोषीलाई पक्राउ गर्ने बताएका छन् । यस्तो घटना प्रति दुख व्यक्त गर्दै अन्य पत्रकारहरुले समेत दोषीलाई कारबाही गर्न दबाव दिएका छन् ।पत्रकार भिक्टोरियाले संयुक्त राष्ट्रसंघको आर्थिक सहायतामा राजनीतिक व्यक्तित्व र व्यवसायीको गैरकानूनी सम्बन्धबारे खोजी समाचार पछ्याउँदै आएकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com