बेलायतमा कमल र मुन्नीलाई स्वर्ण


प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

बेलायतको ओरचेस्टरमा सम्पन्न विश्व उमा कुङफु च्याम्पियनसिप २०१८ मा नेपाली खेलाडी कमल मगर र मुन्नी लामा तामाङले स्वर्ण जितेका छन्। तीन स्पर्धामा सहभागी कमलले पुरुष नाइन स्टिकमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन्। कमलले मोङकी बक्सिङमा थप एक रजत पनि हात पारे। किक बक्सिङमा भने कमल पदक विहीन बने।

त्यस्तै मुन्नीले ताइची स्पर्धामा नेपाललाई स्वर्ण दिलाइन्। मुन्नीले गत अगष्ट–सेप्टेम्बरमा जर्मनीमा भएको १२ औं विश्व मार्सल आर्ट च्याम्पियनसिपमा पनि कास्य जितेकी थिइन्। राष्ट्रिय खेलकुद परिषद अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने अफिसियल र उमा कुङफु संघका केन्द्रीय सदस्य अशोक केसी व्यवस्थापकका रुपमा टोलीसँगै बेलायतमा छन्। प्रतियोगिता अक्टोबर ५ तारिख देखि सुरु भएको थियो। प्रतियोगितामा विभिन्न २१ राष्ट्रका १ हजार ५ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष तामाङले जानकारी दिएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com