कंगना रनावतले लगाइन् निर्देशकमाथि यौन दुर्व्यवहारको आरोप
प्रकाशित मिति : २१ आश्विन २०७५, आइतबार
बलिउड नायिका तनुश्री दत्ताले नायक नाना पाटेकरमाथि यौन उत्पिडनको आरोपले बलिउड तातिरहेको बेला नायिका कंगना रनावतले पनि यौन हिंसाकै कुराको खुलासा गरेकी छन्।
‘फ्यान्टम’ चलचित्रकी एक महिला कर्मचारीले विकास बहलमाथि आरोप लगाए लगतै कंगनाले उनको समर्थनमा आफ्नो भनाई सार्वजनिक गरेकी हुन् ।चलचित्र ‘क्विन’का निर्देशक विकास बहलले आफूलाई यौन हिंसा गरेको आरोप कंगनाले लगाएकी छिन् ।
कंगनाले भनेकी छिन्-‘सन् २०१४ मा ‘क्विन’ चलचित्रको छायांकन गर्ने क्रममा विकास मेरो नजिक आउथ्य । उनले आफ्नो मुख मेरो गर्धन नजिकै ल्याएर मलाई आफूतिर तान्थे । उनले मलाई ‘तिम्रो कपालको बासना खुबै मनपर्छ’ भन्थे ।’
कंगनाले आफूले विकासलाई हटाउनका लागि निकै मिहिनेत गर्नुपरेको समेत खुलाएकी छिन् । विकासले आफूसँग हरेक दिन नयाँ यूवतीसँग यौन सम्बन्ध राख्ने गरेको बताउने गरेको समेत कंगनाले खुलासा गरेकी छिन् ।





