नाना पाटेकरले तनु श्रीलाई दुर्व्यवहार गरेको देख्ने प्रत्यक्षदर्शीको यस्तो भनाइ ( भिडियो )


प्रकाशित मिति : आश्विन २१, २०७५ आईतबार

काम गर्ने कार्यालय या आफ्नो काम गर्ने ठाउँमा महिलाहरु आफूलाई सुरक्षित महसुस गर्न सक्दैनन् । चलचित्र क्षेत्रमा यो अझ बढी हुने मानिन्छ । बलिवुडको यस्तै घटनाले अहिले सामाजिक संजाल देखि संचार माध्यममा बहस निम्त्याएको छ ।

बलिवुड अभिनेत्री तनु श्री दत्ताले दश वर्ष अगाडी एउटा गीतको सुटिंगको क्रममा नाना पाटेकरले आफू माथी हिंसा गरेको बताएकी थिइन् । यो प्रसङ्ग बाहिर आएपछि विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । तनुश्रीले आफूले नाना पाटेकरबाट जोगिने प्रयास गरेपछि सुटिंग स्थलमा लिन आएका बुवा आमा संगै गाडीमा जाँदै गर्दा नाना पाटेकरको समूहका व्यक्तिले आक्रमण गरेको बताएकी थिइन् ।

उक्त भिडियो अहिले बाहिरिएको छ र भिडियोमा एक व्यक्तिले गाडी माथी चढ्ने, सिसा फुटाउने गरेका छन् भने अरु कैयौं व्यक्तिहरु गाडी वरिपरि छन् । उक्त भिडियोमा त्यो हर्कत गर्ने एक क्यामरा पर्सन हुन्, जसले तनु श्री दत्तालाई नै गलत सावित गर्न खोजिरहेका छन् ।

वास्तविकता के हो भन्ने कुरामा सबै अल्झिरहेको बेला त्यो घटनाको आफू प्रत्यक्षदर्शी रहेको भन्दै वरिष्ठ पत्रकार वसिम अख्तर मिडियामा आएका छन् । उनले तनु श्री दत्ता माथी हिंसा भएको, उक्त क्यामरा पर्सनले तनुको परिवार माथी नै गुण्डागर्दी देखाएको बताएका छन् । वसिमका अनुसार, यो घटनालाई उनको मिडियाले त्यति नै बेला समाचारमा समेत बाहिर ल्याएको थियो ।

त्यसपछि नाना पाटेकरले पत्रकार सम्मेलन गरि तनु श्री आफ्नी छोरी जस्ती भएकोले त्यस्तो नगरेको बताएका थिए । तर त्यो घटनाले विक्षिप्त भएकी तनु श्री बलिवुडबाट नै टाढीएर अमेरिका गएर बसीन् र अहिले दश वर्ष पछि भारत आएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com