फेसबुकमार्फत हङकङमा रहेकी युवती ठगी गर्ने पक्राउ


प्रकाशित मिति : आश्विन २०, २०७५ शनिबार

प्रहरीले फेसबुकमार्फत साथी बनाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ घर भएका रोजन छन्त्याल रहेका छन् ।

महानगरीय प्रहरी वृत, महाराजगञ्जका प्रमुख डिएसपी फडिन्द्र प्रसाईंका अनुसार छन्त्याललाई नयाँ बसपार्क क्षेत्रबाट गत असोज ११ गते पक्राउ गरिएको हो ।

अस्ट्रेलिया छु भन्दै हङकङमा रहेकी एक नेपाली युवती सिता (नाम परिवर्तन) लाई छन्त्यालले फेसबुकमा साथी बनाई ४ लाख ९० हजार ठगेको डिएसपी प्रसाईले रातोपाटीलाई जानकारी दिए ।

फेसबुकमा पटक–पटक कुराकानी हुने थालेपछि छन्त्यालले सिताको मन जित्ने काम गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ । छन्त्यालले सितालाई छिटै नै बिहे गर्ने आश्वासन पनि दिएको डिएसपी प्रसाईंले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छन्त्यालले ठगी गरेको थाहा पाएपछि सिताले परिवारको सहयोगमार्फत हङकङबाटै निवेदन जाहेरी दिएको उनले बताए । निवेदन जारी दिएसँगै प्रहरीले छन्त्यालको खोजीकार्य तिब्र पारेको थियो ।

यस्तै छन्त्यालले अर्की एक महिलाको १ लाख रुपैयाँ पनि ठगी गरेको पाइएको उनले बताए । छन्त्याललाई ठगी मुद्दा चलाइएको छ ।

छन्त्याल एक महिनाअघि लागुऔषध कारोबारमा पक्राउ परेको र अदालतबाट १ लाख धरौटीमा छुटेका व्यक्ति हुन् । प्रहरीको अनुसन्धानबाट छन्त्याल विभिन्न गैरकानुनी धन्दामा संलग्न रहेको खुलेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com