बलात्कारी धर्मगुरुलाई ढुंगा हानेर मार्न धार्मिक अदालतको आदेश


प्रकाशित मिति : आश्विन ११, २०७५ बिहीबार

अफगानिस्तानमा एकजना स्वघोषित धर्मगुरुलाई ढुंगा हानेर मार्न धार्मिक अदालतले आदेश दिएको छ ।

ती स्वघोषित मौलानामाथि महिलाहरुसँग सम्बन्ध कायम राख्ने र त्यो बेलाको भिडियो रेकर्ड गरेर इन्टरनेटमा राख्ने आरोप छ ।

आरोपीको नाम रसुल बताइन्छ ।

आफूले रोगको उपचार समेत गर्नसक््ने दावी गर्दै ती चिकित्सकले फरियाबको उत्तर पश्चिमी क्षेत्रको एउटा गाउँका महिलाहरुमाथि दुष्कर्म गरेको आरोप छ । आफूकहाँ सहयोगका लागि आउने महिलाहरुलाई उसले दुष्कर्म गरेर भिडियो बनाउने गरेको थियो । यी भिडियोबाट फेरी ब्ल्याकमेल गर्ने उसको धन्दा थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेसबुकमा निकै भाइरल भएको एउटा भिडियोमा दाडी पालेको एकजना मानिस र एकजना महिलाले सम्बन्ध बनाएको देखिन्छ । तर, यो भिडियोमा महिलाको भने पहिचान हुन सकेको छैन ।

एएफफी समाचार एजेन्सीका अनुसार, फरयाब सरकारका प्रवक्ता जावेद बिदारले रसुललाई ढुंगा हानेर मार्ने सम्भावना बढी भएको बताए ।

फरियाबका धर्मगुरुहरुले पनि रसुललाई ढुंगा हानेर मार्ने आदेश दिइसकेका छन् । त्यसैले प्रहरीले तत्काल गिरफ्तार नगरे स्थानीयवासीले नै उसलाई मार्ने सरकारका प्रवक्ताको भनाई छ ।

सामाजिक सञ्जालमा समेत रसुलको लिंग काटेर हत्या गर्नुपर्ने माग निकै उठेको छ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com