एनआरएनए अष्ट्रेलियाद्वारा नेपाल फेस्टिभलको सद्भावना दुतमा पुष्कर शाह रहने घोषणा


प्रकाशित मिति : आश्विन १०, २०७५ बुधबार

अष्ट्रेलियामा हुने नेपाल फेस्टिभलको सद्भावना दुतमा विश्व साइकल यात्री पुस्कर शाह रहने भएका छन् । गैर आवासीय नेपाली संघ ( एनआरएनए ) अष्ट्रेलियाले प्रेस विज्ञप्ति जारि गर्दै उक्त घोषणा गरेको हो ।

एनआरएनए अष्ट्रेलियाको सेप्टेम्वर २३ आइतवारका दिन संस्था का अध्यक्ष श्री तोनु घोताने को अध्यक्षतामा बसेको वैठकले सो निर्णय गरेको बताइएको छ । बैठकले अष्ट्रेलियामा भएको सुखा र खडेरी वाट पीडित किसानलाई आर्थिक सहयोग गर्ने साथै र्थ संकलन आगामी नोभेम्वरसम्म जारी राख्ने निर्णय गरेको छ । यसको साथै स्थानीय वालगेट काउन्सिलको सहकार्यमा एक दिवसीय नेपाली खाना खुवाउने कार्यक्रम सम्पन्न गरिने भएको छ ।

बैठकमा भएको निर्णय अनुसार, संस्थाको फेडेरल लेभलमा दर्ता गर्ने र नयाँ विधान पारित गर्नका लागि आवश्यक तयारी पश्चात विशेष साधारण सभा बोलाइने छ भने सबै सदस्यहरुलाई परिचय पत्र प्रदान गर्ने तथा सदस्यहरुको लागि आवश्यक सुविधा तथा सहयोगको बारेमा आवश्यक अध्ययन गरिने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com