अष्ट्रेलियाको एक राज्यले आफ्नो दक्ष पेशाको सुचीबाट अकाउनटेन्ट पेशा हटाएको छ । साता सेप्टेम्बर १७ देखि लागु हुनेगरि क्विन्सल्याण्ड राज्यले आफ्नो दक्ष पेशाको सुचीबाट अकाउनटेन्ट पेशा हटाएको हो ।
बिजनेस एण्ड स्किल्ड माइग्रेसन क्विन्सल्याण्डले वेबसाइटमा सार्वजनिक सुचना प्रकाशित गरि क्विन्सल्याण्डको सबै अकुपेशन लिस्टबाट अकाउनटेन्ट जनरल २२११११ हटाइएको जानकारी दिएको छ । उक्त सुचनामा क्विन्सल्याण्ड राज्यबाट माग भएको अकाउनटेन्टको कोटा पुरा भइसकेकोले अकुपेशन लिस्टबाट हटाइएको उल्लेख गरिएको छ ।
अधिकारीहरुका अनुसार, यदि अकाउनटेन्ट पेशामा इन्भिटेसन पाएका व्यक्तिले तोकिएको मिती सम्ममा प्रक्रिया पुरा नगरेमा नयाँ व्यक्तिले आवेदन दिन पाउनेछन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।