अष्ट्रेलियामा गाडीभित्र फोन उठाए ४८४ डलर जरिवाना


प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार

अष्ट्रेलियाको राज्य सरकारहरुले सेप्टेम्वर १७ देखि लागू गरेको नयाँ सवारी नियमले मोबाइल फोन प्रयोगमा कडा प्रतिबन्ध लगाएको छ ।

नयाँ नियम अनुसार सवारी चलाइरहेको बेला गैरकानुनी रुपमा मोबाइल फोन प्रयोग गर्ने चालकहरुलाई उनीहरुको डर्मिट प्वाइन्ट घटुवा गरिनेछ । चालकहरुको गल्तीको अवस्था हेरी चारदेखि पाँच प्वाइन्टसम्म घटुवा गर्न सक्ने न्यू साउथ वेल्स राज्यले नयाँ नियम बनाएको छ ।

एकपटक डर्मिट प्वाइन्ट घटुवामा परिसकेका चालकले फेरि नियम उल्लंघन गरेमा एकैपटक १० प्वान्टसम्म कारवाही हुनसक्नेछ । नयाँ नियमले चलिरहेको सवारीभित्र मोबाइल फोन प्रयोग गर्न पूर्ण रुपमा निषेध गरिएको छ । तर पूर्णकालीन लाइसेन्स प्राप्त चालकहरुले भने निश्चित होल्डरमा राखेर ब्लुटुथको माध्यमबाट कुराकानी गर्न सक्नेछन् । तर उनीहरुले पनि मोबाइल फोन छुन पाउने छैनन् ।

सिकारु,पी वान र पी टु वर्गका लाइसेन्सवाहक चालकहरुले भने जुनसुकै अवस्थामा पनि गाडीभित्र फोन उठाउन पाउनेछैनन् । फोन उठाउनुपरे उनीहरुले पहिला गाडीलाई सुरक्षित रुपमा ट्राफिक लाइनभन्दा बाहिर पार्क गराउनुपर्ने नयाँ नियममा उल्लेख छ ।
यता भिक्टोरिया राज्यले पूर्णकालीन लाइसेन्स वाहक चालकहरुलाई समेत गाडी चलाइरहदा मोबाइल फोन उठाउन प्रतिबन्ध लगाएको छ । विशेष कार्ड होल्डरमा राखेर वा ब्लुटुथको माध्यामबाट भने फोनमा कुरा गर्न सक्नेछन् । तर त्यस्तो अवस्थामा मोबाइल चालकको शरीरभन्दा अलग्गै राखिएको हुनुपर्नेछ ।

यो नियमको उल्लंघन गर्ने चालकहरुलाई भिक्टोरिन राज्य सरकारले फो डर्मिट प्वाइन्ट घटुवा र ४८४ डलर फाइनको व्यवस्था गरेको छ । यहाँ सिकारु,पी वान र पी टु वर्गका लाइसेन्सवाहक चालकहरुले भने जुनसुकै अवस्थामा पनि गाडीभित्र फोन उठाउन नपाउने कडा नियम लागू भएको छ ।

भिक्टोरियामा फाइभ डर्मिट प्वाइन्ट घटुवामा पर्ने चालकहरुको ड्राइभिङ लाइसेन्स स्वतः खारेज हुनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com