मालदिभ्समा नेपाली युवतीको मृत्यु
प्रकाशित मिति : आश्विन ६, २०७५ शनिबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/09/797B063B-6ACD-4BE1-9952-E707DE6CF51F.jpeg?fit=620%2C349&ssl=1)
झापाको मेचीनगर नगरपालिका–१०, घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ ।
वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स जानुभएकी उहाँको गएको भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिनुभयो ।
सङ्गीताको शव शनिबार बिहान घर ल्याइपुर्याइएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । सङ्गीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतककी मामा राजकुमार राजवंशीले बताउनुभयो ।
मालदिभ्स्बाट श्रीलङ्काको कोलम्बो हुँदै सङ्गीताको शव शुक्रबार साँझ काठमाडौँ विमानस्थलमा ल्याइएको थियो । अविवाहित सङ्गीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि मालदिभ्स जानुभएको थियो ।