अष्ट्रेलियामा आयोजित विज्ञ सम्मेलनका कार्यपत्र काठमाडौंमा प्रस्तुत गरिने


प्रकाशित मिति : आश्विन ६, २०७५ शनिबार

गैर आवासीय नेपाली संघ ओसेनिया क्षेत्रको आयोजनामा सिड्नीमा आयोजित प्रथम ओसेनिया विज्ञ सम्मेलनलाई भव्य र सफल बनाउन सहयोग पुर्याउने सबैमा आयोजक एनआरएनए ओसेनिया क्षेत्रले आभार व्यक्त गरेको छ । आयोजकका तर्फबाट संयोजक धर्मराज अधिकारीले एक विज्ञप्ति जारी गर्दै सबैप्रति सधन्यवाद आभार व्यक्त गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ–

‘गैर आवासिय नेपाली संघ ओसेनिया क्षेत्रको आयोजनामा सिडनीमा प्रथम ओसेनिया बिज्ञ सम्मेलन भव्य रुपमा सम्पन्न गर्न सहयोग पुर्याउनुहुने सम्पूर्ण ब्यक्तित्वहरुलाई मनैदेखि धन्यवाद टक्रयाउन चाहन्छु । कार्यक्रममा सहयोग गर्ने प्रायोजक , कार्यपत्र प्रस्तुत गरिदिने विज्ञज्यू अनि न्यूजिल्यान्ड र बिभिन्न राज्यवाट निम्तो स्वीकारेर पाल्नुहुने अतिथिज्यूहरु यस सफलताको मुख्य कारक हो भन्ने मलाई लागेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलो पटक यति ठूलो कार्यक्रम आयोजना गर्दै गर्दा जानेर वा नजानेर केहि कमीकमजोरीहरु भए होलान् । त्यसका लागि पनि आयोजकको तर्फवाट क्षमा माग्न चाहन्छु । आगामी दिनमा एनआरएन ओसेनिया क्षेत्रको कार्यक्रमलाई सफल बनाउन यहाँहरुको यस्तै सहयोग र सदभावको अपेक्षा राखेको छु ।

एनआरएन ओसेनिया क्षेत्रले यस क्षेत्रमा छरिएर रहेका विज्ञहरूलाई समेटेर उनीहरूले सिकेको सीप र ज्ञानलाई नेपालसम्म पुर्याउने प्रयास स्वरूप पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा एक दिने विज्ञ सम्मेलनको आयोजना गरेको हो ।’

अष्ट्रेलिया र न्युजिल्यान्ड जस्तो विकसित मुलुकमा महत्त्वपूर्ण भूमिकामा रहेका नेपाली विज्ञहरूलाई एकैथलोमा भेला पारेर यहाँ सिकेको र आर्जेको ज्ञानलाई नेपालमा कसरी हस्तान्तरण गर्न सकिन्छ? भन्ने सोचका साथ गत सेप्टेम्वर १५ मा आयोजना गरिएको कार्यक्रममा केही महत्त्वपूर्ण कार्यपत्रहरू प्रस्तुत भएका थिए ।

कार्यक्रममा विशेषगरी कृषि तथा खाद्य सुरक्षा , स्वास्थ र शिक्षा तथा पूर्वाधार विकासमा केन्द्रित रहेको थियो ।

कार्यक्रममा राजु अधिकारी,डा. सिताराम घिमिरे,न्यूजिल्यान्डका बाबुराजा महर्जन, अमित भट्टराई , भुपेन्द्र केसी, डा .डिल्ली बन्जाडे डा. कुशराज श्रेष्ठ, जगदिश तिम्सीना, राम राज ओली लगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यस्तै सोही कार्यक्रममा अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पाले यस्ता कार्यक्रमहरू देशका लागि निकै महत्त्वपूर्ण रहने बताउँदै मुलुकको विकासका लागि आर्थिक व्यवस्थापनसँगै प्राविधिक शक्तिको पनि आवश्यकता रहेको औंल्याउनुभएको थियो ।

कार्यक्रममा प्रस्तुत गरिएका महत्वपूर्ण कार्यपत्रहरूलाई काठमाडौंमा अक्टोबर १३ र १४ मा आयोजना हुने गैर आवासीय नेपाली संघको विश्व विज्ञ सम्मेलनमा समेटिने आयोजक ओसेनियाका क्षेत्रीय संयोजक अधिकारीले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com