अष्ट्रेलियामा रहेका पुष्कर शाहलाई पर्यटन दुत बनाउने पर्यटन मन्त्रीको घोषणा ( भिडियो )


प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार

विश्व साइकल यात्री पुष्कर शाह केही समय देखि विशेष चर्चामा छाइरहेका छन् । विश्व साइकल यात्रा गरेर नेपाललाई विश्वमा चिनाएका उनले आफूले अहिले अष्ट्रेलियामा भाँडा माझ्दै गरेको भनेर सार्वजनिक गरेपछि सरकारको तिव्र आलोचना भइरहेको छ ।

वर्तमान सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारिले पुष्कर शाहको अवस्थाबारे थाहा पाएपछि अहिले उनलाई पर्यटन दुत बनाउने बारेमा छलफल भइरहेको बताएका छन् । उनले आगामी पर्यटन वर्ष २०२० को पर्यटन दुतको रुपमा शाहको नाम घोषणा हुने बताएका छन् । यसको साथै पुष्कर शाह र उनी जस्ता व्यक्तिले नेपालमै केही गरेर आफ्नो जीवनशैली धान्न सक्ने वातावरणको सिर्जना गर्ने प्रतिबद्धता पनि दिएका छन्।

पुष्कार शाहले केही दिन अगाडी आफ्नो फेसबुकवालमा भाँडासंगको तस्बिर राख्दै बाध्यताले गर्दा अष्ट्रेलियामा भाँडा माझ्ने काम गर्नुपरेको उल्लेख गरेका थिए । उनले आफूले आफ्नो काम सहित मन्त्रीहरुलाई भेट्दा काम भन्दा बढी राजनीतिक पार्टी बारेमा सोध्ने र आफू कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नभएकोले राज्यले बेवास्ता गरेको आशय प्रकट गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com