अष्ट्रेलियाको सिड्नीमा भव्य नेपाल फेस्टिभल हुने, यस्तो हुँदैछ तयारी


प्रकाशित मिति : आश्विन ३, २०७५ बुधबार

अष्ट्रेलियाको सिड्नीमा भव्य नेपाल फेस्टिभल हुने भएको छ । हरेक दुई वर्षमा हुँदै आएको यस नेपाल फेस्टिभललाई एनआरएनए अष्ट्रेलिया – ‘न्यु साउथ व्ह्लेस’ ले आयोजना गर्दै आएको छ ।

नेपाल फेस्टिभल नेपाली भाषा, कला, संस्कृति, साहित्य, संगीत, रहनसहन लगायत समस्त नेपालीपनको सम्बर्द्धन तथा प्रबर्द्धनको लागि आयोजना हुने फेस्टिभल हो । नेपाल फेस्टिभलमा नेपालबाट लोकप्रिय कलाकार लगायत सरकारी अधिकारि र व्यवसायीहरुपनि आउने आयोजकले बताएका छन् । यसको साथै कार्यक्रममा अष्ट्रेलियाका सरकारी अधिकारि, नेपाल गएर फर्किएका अष्ट्रेलियन नागरिक लगायत स्थानिय अष्ट्रेलियन र विभिन्न समुदायका व्यक्तिहरुको सहभागिता रहनेछ ।

‘वन कन्ट्री मेनी स्टोरिज’ भन्ने मूख्य नाराका साथ हुन लागेको यस पटकको नेपाल फेस्टिभल सम्पन्न गर्न ३० वटा उपसिमिति बनाइएको फेस्टिभलका उपसंयोजक डिला खरेलले बताउनु भएको छ । ती उपसमितिमा विभिन्न नेपाली संघसंस्थाका व्यक्तिहरु र एनआरएनए अष्ट्रेलियाका पदाधिकारीहरु रहेका छन् ।

नेपाल फेस्टिभल ‘सिड्नी’ आगामी नोभेम्बर २४ मा हुँदैछ । फेस्टिभलको लागि १ सय २५ हजार डलर बजेट अनुमान गरिएको उपसंयोजक खरेलले बताउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com