फिलिपिन्समा ५४ जनाको ज्यान लिएको आँधी दक्षिणी चीनमा


प्रकाशित मिति : आश्विन १, २०७५ सोमबार

दक्षिणी चीनमा आएको भीषण आँधीका कारण झण्डै ३० लाख व्यक्ति विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिसकिएको जनाइएको छ ।

मांखुट नामको उक्त आँधीले चीनमा बाढी पहिरो जानुका साथै कैयनको ज्यान समेत गएको छ । रुखहरु ढल्नुका साथै ठूलाठूला भवनहरुमा समेत क्षति पुगेको छ भने कैयन उडानहरु रद्द गरिएका छन् ।

फिलिपिन्समा ५४ जनाको ज्यान लिएको आँधी चीनतिर लागेको हो । आँधीले हङकङलाई प्रभावित गरेको छ भने शहर बन्द भएको छ । हङकङमा १२ सय भन्दा धेरै उडानहरु रद्द भएका छन् । आँधी अहिले इनल्याण्डतिर अगाडि बढेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com