राजकुमारीको आरोपः पेरिसको होटलबाट १० करोडको गहना चोरी भयो


प्रकाशित मिति : भाद्र २६, २०७५ मंगलबार

साउदी अरबकी राजकुमारीको पेरिसको चर्चित होटल रिजबाट आठ लाख युरो (करिब १० करोड रुपैयाँ) को गहना हराएको छ । यसबारे पुलिसले सोमबार जानकारी दिएको हो ।

नाम नखुलाइएकी राजकुमारीले आफ्नो गहना शुक्रबार अपरान्ह हराएको बताएकी छिन् । कोठामा कुनै प्रकारको तोडफोड नभएको स्रोतले बताएको छ ।

रिजका प्रवक्ताले यसबारे प्रतिक्रिया दिन अस्विकार गरेका छन् ।

आरोप प्रमाणित भए पेरिसको वेन्डोम इलाकामा बनेको यो अत्यधिक सुविधासम्पन्न होटलमा यस वर्ष चोरी भएको दोस्रो घटना हुनेछ । जनवरीमा पनि यहाँ लाखौंको गहना चोरी गर्ने कोसिस गरिएको थियो । यस मामलामा पुलिसले तीन चोरलाई होटलभित्र पक्राउ गरेका थिए । उनीहरुका दुई  साथी स्कूटरमार्फत भागेका थिए । यद्यपी, लुटिएको गहना उनीहरुले होटलमा नै फ्याँकेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो इलाकामा थुप्रै आलिशान बुटिक र गहना पसल छन् । यहाँ हतियारधारी चोरको निकै बिगबिगी छ ।  गत डिसेम्बरमा एक गहना पसलबाट केही चोरले ५५ लाख युरोका दुई हिरा  र दुई औंठी चोरेका थिए । अक्टोबर सन् २०१६ मा रियालिटी टिभी स्टार किम कार्दासियन पनि रिज होटलभन्दा १० मिनेट पैदल दुरीमा लुटिएकी थिइन् । त्यतिबेला उनको करोडौंको गहना चोरिएको थियो ।

Ratopati

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com