दाउदको पत्तासाफ गर्न अमेरिकाले भारतको मद्दत गर्ने


प्रकाशित मिति : भाद्र २३, २०७५ शनिबार

भारत र अमेरिकाबीच बिहिबार पहिलो पटक भएको ‘ द्दंद्द डायलग’ पछि दुबै देशबीच दोस्तीको नयाँ अध्याय सुरु भएको दाबी गरिएको छ । भारतीय संचार माध्यमले दुई देशबीच आतंकवादविरुद्ध मिलेर अघि बढ्ने कुरामा सहमती भएको बताएको छ । पहिलो पटक अमेरिकाले भारतले सबैभन्दा ठूलो दुश्मनको रुपमा हेरिरहेको दाउद इब्राहिमविरुद्ध कारवाही गर्न राजी भएको स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार बिहिबार भएको बैठकमा भारत र पाकिस्तानबीच आतंकवादलाई जरैदेखि उखेल्न चलिरहेको अन्तरसंघर्षमा अमेरिकाले भारतको समर्थन गर्न सहमत भएको छ ।

स्रोतले भन्यो, ‘यो निर्णय यसकारण पनि महत्वपूर्ण हुन्छ किनभने दाउदका केही सम्पत्ति अमेरिकामा पनि छ । यदि अमेरिकाले उनीहरुमाथि पनि कारवाही गर्छ भने यस्तोमा चोट सिधा दाउदलाई नै लाग्छ ।’

भारत र अमेरिकाले बिहिबार पाकिस्तानलाई चेतावनी दिँदै उनीहरु आफ्नो धर्तीलाई सीमापारी आतंककारी हमला हुन नदिनका लागि प्रयोग गर्ने कुरामा सहमती भएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र रक्षामन्त्री जेम्स म्याटिस, भारतका विदेशमन्त्री सुश्मा स्वराज, रक्षामन्त्री निर्मला सीतारमणले टु प्लस टु मन्त्रीस्तरीय वार्तापछि जारी संयुक्त बयानमा भने, ‘हामीले कुनै पनि प्रकारको छद्म आतंककारी हमलाको भर्त्सना गरेका छौं र यसै सन्दर्भमा पाकिस्तानलाई उसको नियन्त्रणमा भएको क्षेत्रलाई अन्य देशमा आतंककारी हमला गर्नका लागि प्रयोग नगर्न ध्यानाकर्षण गराएका छौं ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com