हराएको ९ वर्षपछि भेटियो विशाल जहाज !


प्रकाशित मिति : भाद्र २३, २०७५ शनिबार

अघिल्लो हप्ता हिन्द महासागरमा एउटा अनौठो घटना देखियो । ९ वर्षअघि हराएको एक जहाज अचानक म्यानमार नजिक समुद्रमा भेटियो । तर जहाजमा चालक दलका कुनै सदस्य थिएनन् । अहिले आएर संसारभरी यो जहाजको चर्चा भइरहेको छ र यसको बारेमा अलग–अलग अनुमान लगाइदैं छ ।

‘स्याम रताउलांगी पीबी १६००’ जहाज म्यानमारको समुन्द्र तट नजिक खिया लागेको अवस्थामा पाइएको थियो । उक्त मालबाहक जहाजमा न त चालक दलका कोही सदस्य देखिए र न त सामाननै । तर जहाजमा इण्डोनेशियाको झण्डा लागेको थियो ।

यो जहाजको ट्रान्सपोण्डरले सन् २००९मा अन्तिम पटक ताइवान नजिक आफ्नो लोकेशन देखाएको थियो । म्यानमारको समुन्द्री जलक्षेत्रमा अलपत्र जहाज भेटिएको यो पहिलो घटना हो ।  म्यानमारको व्यापारिक राजधानीको तटबाट करिब ११ कि.मी. टाढा मर्तबानको खाडिमा सबैभन्दा पहिले माछा मार्नेहरुले यो जहाज देखेका थिए ।

यांगून प्रहरीले फेसबुकमा जारी गरेको एक बयानमा माछा मार्ने नाविकहरुले जानकारी दिएपछि जहाजबारे थप जानकारी लिन अधिकारी एवं नौसैनिकहरु जहाजमा गएको उल्लेख छ । बयानमा जहाज अलपत्र अवस्थामा तैरिरहेको भेटिएको बताइएको छ । त्यसमा कुनै नाविकको सामान थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संसारभर जहाजको आवतजावतको विवरण राख्ने म्यारिन ट्यारिफ वेबसाइटका अनुसार यो जहाज २००१ मा बनेको थियो ।

Ratopati

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com