अष्ट्रेलियामा एक ८२ वर्षीय वृद्ध माथी हातपात गर्ने एक नेपाली पक्राऊ परेका छन् । वृद्धहरुलाई हेरचाह गर्ने संस्थामा काम गर्ने ती युवकले वृद्धलाई जुत्ताले हान्ने, कपडा तान्ने, धक्का दिने गरिरहेको भिडियो बाहिरिएपछि उनी पक्राऊ परेका हुन् ।
प्रकाश पौड्याल नाम गरेका ती युवकलाई पुलिसले पक्राऊ गरेर धरौटीमा रिहा गरेको छ । उनी सेप्टेम्बर ११ मा अदालतमा उपस्थित हुनुपर्नेछ । पौड्याल कामबाट पनि निकालिएका छन् ।
यो घटना बुपा एज्ड केयर सीफोर्थमा घटेको थियो । ती वृद्धकी छोरीले पौड्यालले आफ्ना बुवालाई पिट्ने गरेको शंका लागेपछि कोठामा लुकाएर क्यामेरा फिट गरेकी थिइन्, जसले गर्दा घटना बाहिर आएको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।