सौर्य ऊर्जा उत्पादनमा विश्वकै नम्बर वान बन्यो चीन


प्रकाशित मिति : भाद्र २०, २०७५ बुधबार

हाल चीनले विश्वका अरु देशको तुलनामा बढी सौर्य ऊर्जा उत्पादन गरिरहेको छ । एक तथ्याङ्क अनुसार चीनले हाल १३० गिगावाट(१,३०,००० मेगावाट) सौर्य ऊर्जा उत्पादन गरिरहेको छ ।

चीनले संसारकै सबैभन्दा ठूलो सोलार प्लान्ट तेन्गर मरुभूमिमा बनाएको छ । यसको बिजुली उत्पादन क्षमता १५०० मेगावाट रहेको छ ।

उता तिब्बतको पठारमा बनाइएको ८५० मेगावाटको अर्को सौर्य प्लान्टमा ४० लाख सोलार प्यानल लगाइएको छ । बजार अनुसन्धान संस्था ब्लूमबर्ग न्यू एनर्जी फाइनन्समा कार्यरत यवोन लियुका अनुसार चीन सौर्य प्यानल बनाउने देशहरुमा संसारको सबैभन्दा अब्बल देश हो ।

इन्टरनेशनल इनर्जी एजेन्सी (आईईए)को तथ्याङ्क अनुसार संसारमा हाल बनिरहेको कुल सोलार प्यानलको ६०% हिस्सा चीनले निर्माण गरिरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदूषण कम गर्न सोलार प्यानल
यी सुधारको बाबजुद चीनले अहिले पनि आफूले उपभोग गर्ने बिजुलीको दुई तिहाई हिस्सा कोइलामा आधारित संयन्त्रबाट निर्माण गर्छ । कोइला बिजुली निर्माणको सबैभन्दा प्रदूषित माध्यम हो । यही कारणले राजधानी बेइजिङसमेत औद्योगिक सहरहरुमा वायु प्रदूषण एक भंयकर समस्या बनेको छ । चिनियाँ सरकारले वायु प्रदूषणप्रति गम्भीर कदम चालिरहेको छ । यस उद्देश्यको लागि कोइलाको खपत घटाउने उसको प्रमुख प्राथमिकता रहेको छ । उत्तर र पश्चिमोत्तर चीनमा सूर्यको प्रकाश भरपूर छ । यही कारण कयैन ठूला ऊर्जा फर्महरु त्यही क्षेत्रमा बनाइएको छ । फेरि चीनको बहूसङ्ख्यक जनसङ्ख्या पूर्वी भागमा भएकाले यो क्षेत्रमा अत्यन्त कम घनत्व रहेको छ ।

चीनको पूर्वी क्षेत्रमा देशको ९४ प्रतिशत र पश्चिमी क्षेत्रमा मात्र ६ प्रतिशत मानिसहरु बस्छन् । आईईएको विश्लेषणमा चीनले हाल गरिरहेको सौर्य ऊर्जाको प्रगति हेर्दा उसले सन् २०२० को लागि लिएको लक्ष्य त्यसभन्दा पहिलैनै हासिल गर्ने देखिन्छ । चीनले आफ्नो सोलार फर्महरु राजनीतिक रुपमा अशान्त इलाकाहरुमा पनि बनाएको छ ।

विज्ञहरुले यो क्षेत्रमा फर्म बनाउने उद्देश्य राजनीतिक रहेको आरोप लगाएका छन् । सरकारले यो क्षेत्रमा ठूलो रोजगारी प्रदायक सोलार ऊजा परियोजना निर्माण गरेर चिनियाँ मुल जाती हानलाई उक्त ठाउँमा बसाउन चाहेको आरोप लाग्ने गरेको छ ।

तर यी सुदूर स्थानमा सोलार प्लान्ट निर्माण गर्नुको बेफाइदा पनि रहेको छ । बस्तीबाट टाढा रहेको सौर्य प्लान्टबाट हजारौं किमी लामो टाढा प्रशारण लाइनमार्फत बिजुली लानु पर्ने भएकाले कयैन बिजुली नष्ट हुने गरेको छ ।

चाइना इलेक्ट्रिसिटी काउन्सिलले दिएको जनाकारी अनुसार यो वर्षको पहिलो ६ महिनामा सौर्य उर्जाको १४.७ प्रतिशतमात्र उपभोग आउन सक्नुमा मुख्य यही कारण रह्यो । यसको अतिरिक्त मौसमले पनि उत्पादनमा नकारात्मक असर गर्यो ।

घाटामा चलिरहेको छन् सौर्य ऊर्जा परियोजना
यो वर्षको मेमा चिनियाँ सरकारले ठूला सौर्य परियोजनामा पहिला दिँदै आएको अनुदान बन्द ग¥यो । यो कदमले गर्दा भावी दिनमा सौर्य ऊर्जा परियोजनाको लागत बढ्ने देखिन्छ ।

वर्तमान अवस्थामा रिन्युयबल इनर्जी फण्ड १५ अर्ब डलर घाटामा चलिरहेको छ । अघिल्लो वर्ष ५३ गिगावाट क्षमताको प्रोजेक्ट निर्माण गरिएकोमा यो वर्ष ३५ गिगावाटको परियोजना निर्माण हुनेछ । यसले पनि अनुदान कटौतीको असर अनुमान गर्न सकिन्छ ।

तर, स्वच्छ उर्जाको यो स्रोतको क्षेत्रमा केही सकारात्मक संकेत भविष्यमा देखिन्छ । पछिल्ला वर्षहरुमा चीनले निर्माण गरिरहेका ठूला सौर्य परियोजनाहरुले गर्दा त्यहाँ ठूलो स्तरमा सौर्य प्यानल निर्माण भइरहेका छन् ।

साथै सौर्य प्यानल निर्माणमा किफायती नयाँ आविष्कारहरु भइरहेको छ । यीन दुई कारणले गर्दा सौर्य प्यानलको मूल्यमा उलेख्य गिरावट आएको छ । यो ट्रेण्ड अझै जारी रहेकाले केही वर्षभित्र अनुदान बिना पनि सौर्यफर्म निर्माण फाइदाजनक हुने देखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com