जर्मनीः जब कन्सर्टमा गुञ्जियो नाजी विरोधी नारा


प्रकाशित मिति : भाद्र १९, २०७५ मंगलबार

बीबीसी

जर्मनीको पूर्वी शहर केमनिट्जमा रंगभेदको विरोधमा भएको एक कन्सर्टमा हज्जारौंको सहभागिता रह्यो । सोमबार राती आयोजित उक्त कन्सर्टमा करिब ६५ हजार उपस्थित थिए ।

उक्त कन्सर्टमा पंक र हिपहप ब्यान्डको प्रस्तुती रहेको थियो । कन्सर्टमा उपस्थित धेरैले ‘नाजीलाई बाहिर निकाल’ भन्दै नारा लगाइरहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा सबैलाई अटाउन आयोजनकले कन्सर्टको स्थान परिवर्तन गर्नुपरेको थियो ।

गत महिनाको अन्त्यमा ३५ वर्षका एक व्यक्तिमाथि चक्कुमार्फत हमला गरिएको थियो । उक्त हमलामा उनको मृत्यु भएको थियो । यो मामलामा दुई प्रवासीलाई संदिग्धको रुपमा लिइएको छ । त्यसपछि उक्त शहरमा दक्षिणपन्थीले र्याली निकालेका छन् ।

कन्सर्टको सुरुमा चक्कु हमलाका पिडितका लागि एक मिनेट मौनधारण गरियो ।

त्यसपछि क्राफ्टक्लबका एक गायकले त्यहाँ उपस्थित सबैलाई सम्बोधित गरे ।

उनले भने, ‘हामी अबुझ होइनौं । एउटा कन्सर्टको आयोजना गरेर संसारलाई बचाउन सक्छौं भन्ने भ्रममा हामी छैनौं । तर धेरैपटक यो देखाउनु पर्छ कि तपाईं एक्लो हुनुहुन्न ।’

कन्सर्ट भइरहेका बेला स्थानीय पुलिसले शनिबारको प्रदर्शनको क्रममा पत्रकारमाथि हमला गर्ने एक संदिग्धलाई पक्राउ गरेको जानकारी दिए ।

यसअघि सोमबार एक प्रवासीलाई आफ्नी पूर्व जर्मन प्रेमिकाको हत्याको मामलामा आठ वर्ष बढीको जेल सजायँ सुनाइएको थियो । सजायँ पाउने व्यक्ति अफगान मूलको बताइएको छ ।

उक्त घटनाका लागि देशभरी रिस देखिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com