भारतको जम्मु कास्मिर राज्यको सोपियाँ जिल्लामा भएको हिंसामा चार प्रहरीको ज्यान गएको छ । भारतीय मिडियाहरूले जनाए अनुसार सोपियाँ जिल्लाको अरहा भन्ने स्थानमा बुधवार भएको चरमपन्थी हमलामा उक्त हताहती भएको हो ।
चरमपन्थीहरूले प्रहरी टोलीमाथि आक्रमण गरेर उनीहरूका हतियार लिएर भागेको जनाइएको छ । उक्त आक्रमणको जिम्मेवारी चरमपन्थी संगठन जैस(ए(मुहम्मद र हिज्ब(उल(मुजाहिद्दीनले लिएको छ ।
आक्रमणपछी उक्त क्षेत्रमा सुरक्षा उपस्थिति बाधिएको छ र ठुलो सैन्य बल सहित आक्रमणकारीहरूको खोजी कार्य भइरहेको जनाइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।