अमेरिकाको फ्लोरिडामा गोलाबारी, दुई जनाको मृत्यु


प्रकाशित मिति : भाद्र ११, २०७५ सोमबार

अमेरिकाको फ्लोरिडामा गोलाबारी भएको छ । ज्याक्शोनभिल्ला शहरमा रहेको एउटा कम्प्लेक्समा भएको गोलाबारीमा दुई जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् ।

गोली चलाउने व्यक्तिले आफ्नो पनि हत्या गरेका बीबीसीले जनाएको छ । घटना पछि स्थानीय प्रहरीले त्यस क्षेत्र र आसपासमा ओहोरदोहोर गर्न रोकेको छ । प्रहरीले घटनास्थलमा केही फसेका र उनीहरुको उद्दार भइरहेको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com