श्रीमानको मृत्यु भएको केही घण्टाभित्र श्रीमतीको मृत्यु, तीनसयले छोडे होटल


प्रकाशित मिति : भाद्र १०, २०७५ आईतबार

इजिप्टको पाँच तारे होटलमा एक जोडीको केही घण्टाको अन्तरालमा अचानक मृत्यु भएको छ ।

जोन र सुसन कुपरको मृत्युपछि थोमस कुक होलिडे ट्राभल कम्पनीले रेड सी रिसोर्टमा रहेका तीन सय एक आगन्तुकलाई उक्त होटल तत्काल छाड्न आग्रह गरेको छ । ती आगन्तुकमध्ये कोही बिरामीसमेत पर्न थालेपछि सबैजनालाई बाहिर निकाल्ने निर्णय गरिएको थोमस कुकले बताएको छ ।

ल्याङ्क्यासायरको बर्नलेका ती जोडी आफ्नी छोरी केली ओर्मेरोड र तीन नातीनातिनासहित बिदा मनाउन उक्त रिसोर्ट पुगेका थिए ।

केली ओर्मेरोडले आफ्ना आमाबुवाको स्वास्थ्यमा केही खराबी नभएको र घटनाले आफूहरुलाई अत्यधिक आघात पुर्याएको बताएकी छिन् । आफू अब पोस्टमोर्टम रिपोर्टको प्रतिक्षा गरिरहेको उनले बताएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जोन र सुसनको मृत्युको कारणबारे अनुसन्धान चलिरहेका बेला ओर्मेरोडे स्थानीय अधिकारीलाई होटलको बिग्रिएको एयर कन्डिशनरका कारण आमाबुवाको मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गरेकी छिन् ।

स्थानीय अधिकारीले जोन र सुसनको प्राकृतिक मृत्यु भएको ठहर गरेका छन् । अहमद अब्दुल्लाह, रेड सी प्रान्तका गर्भनरले ६९ वर्षे जोन र उनकी ६४ वर्षकी श्रीमतीको प्राकृतिक मृत्यु भएको बताएका छन् ।

‘जोनको होटलमा नै मृत्यु भएको हो । त्यसको तीन घण्टापछि सुसन कुपर अचेत भएपछि उनलाई अस्पताल पुर्याइएको थियो जहाँ उनको मृत्यु भएका हो,’ उनले भने ।

केलीले स्काईन्यूजलाई घटनामा केही गड्बडी भएको बताएकी छिन् । ‘होटलको रुममा केही न केही भएको हुनुपर्छ जसका कारण आमाबुवाको मृत्यु भयो,’ उनले भनिन् ।

‘उहाँहरुको अवस्था सामान्य थियो, पेट दुखेको थिएन, बान्ता भएको थिएन र कुनै स्वास्थ्य समस्या थिएन । सुत्न जानुअघि सम्म उहाँहरु दुबै साधारण अवस्थामा हुनुहुन्थ्यो,’ उनले भनिन् ।

‘म करिब ११ बजेतिर उहाँहरुको रुममा गएँ । आफूहरु निकै बिरामी भएकाले सहयोग चाहिएको बताउनुभयो । मैले उहाँहरुलाई आफ्नै अगाडि मृत्युवरण गरेको देखें । मृत्यु हुँदा दुबैको स्थिती, लक्षण एउटै थियो ।’

‘मलाई विश्वास छ केही न केही गडबडी छ । कोठामा केही न केही भएकै हुनुपर्छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com