गुगल क्रोम इन्कग्निटोमा पोर्न हेर्नेहरुका लागि…


प्रकाशित मिति : भाद्र ८, २०७५ शुक्रबार

बहुराष्ट्रिय कम्पनीले डेटा स्टोरेज र डेटा लिक गरेको खबरले निकै बजार ततायो । फेसबुकसहित अन्य ठूला कम्पनीमाथि यस्तो प्रकारको आरोप लागेको थियो । यो सिलसिला रोकिने तयारीमा थियो तर यसबारे अर्को खबर सार्वजनिक भयो । यसपटक यस्तो मुद्दामा मुछिएको छ – गुगल । अमेरिकाको टेनेसीको नेशविल शहरस्थित वेन्डरबिल्ट युनिभर्सिटीको दाबी अनुसार गुगलले आफ्ना प्रयोगकर्ताको डेटा जम्मा गर्छ । इन्कग्निटो मोडका प्रयोगकर्ताको समेत ।

के हो इन्कग्निटो मोड ?

इन्कग्निटोलाई प्राइभेट ब्राउजिंग पनि भनिन्छ । यो मोडमा तपाईं जे पनि इन्टरनेटमा सर्च गर्नुहुन्छ, त्यो सेभ हुँदैन । यस्तै दाबी गर्ने गरिन्छ । थुप्रै पटक तपाईंले देख्नुभएको होला कि तपाईंको जानकारी अटोफिल अर्थात् आफैं भरिन्छ । यो अटोफिल जानकारी तपाईंको ब्राउजरले सेभ गर्ने गर्छ । तर इन्कग्निटो मोडमा तपाईंको कुनै पनि जानकारी सेभ हुँदैन । जब तपाईं आफ्नो ब्राउजरबाट बाहिर निस्कनुहुन्छ तब सबै जानकारी आफसेआफ डिलिट हुन्छन् । तपाईं जुन वेबसाइटमा जानुहुन्छ त्यसको कुनै पनि फोटो, भिडियो, कुकिज केही पनि सेभ हुँदैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब जुन अनुसन्धान सार्वजनिक भएको छ, त्यसअनुसार यो मोड पूर्ण रुपमा सेफ छैन । यो अनुसन्धान अनुसार जब तपाईं कुनै अकाउन्टबाट गुगलमा लगइन गर्नुहुन्छ र केही समयसम्म इन्कग्निटो मोड प्रयोग गरेपश्चात् आफ्नो वास्तविक अकाउन्टमा फर्किएपछि तपाईंको व्यवहारको प्याटर्नको आधारमा तपाईंको पहिचान गरिन्छ । त्यसपछि त्यसलाई तपाईंको अकाउन्टबाट जोडेर हेर्न सकिन्छ । गुगलले चाहेको खण्डमा तपाईंको पहिचान पत्ता लगाउन सक्छ । पोर्न हेर्नका लागि यो मोडको प्रयोग गर्नेहरुका लागि पनि यो असुरक्षित छैन ।

अर्को कुरा इन्कग्निटो मोडमा तपाईं जति नै प्राइभेट हुनुहोस्, तपाईंको आइपी एड्रेस सधैं नै ट्रेस गर्न सकिन्छ । यो खबर सार्वजनिक भएपछि गुगलले यसबारे स्पष्टिकरण दिएको छ । गुगलले कुनै पनि जानकारी लिक नगर्ने बताउँदै सबै प्रयोगकर्ताको जानकारी सुरक्षित राख्ने बताएको छ ।

Ratopati

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com