ब्राजिलको सीमा नजिकै पेरुमा शक्तिशाली भूकम्प


प्रकाशित मिति : भाद्र ८, २०७५ शुक्रबार

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ब्राजिलसँगको सीमा नजिकै पेरुमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

पेरुको दक्षिण पूर्वी शहर पुएर्टो माल्डोनाडोभन्दा २४८ किमी उत्तर पश्चिममा भूकम्पको केन्द्र विन्दू रहेको थियो । स्थानीय समयअनुसार बिहान ४ बजेर ४ मिनेट जाँदा भूकम्प गएको थियो ।

भूकम्पको क्षतिबारे अझै यकिन हुन सकेको छैन ।

नाज्का र दक्षिण अमेरिकी प्लेटमा पर्ने यो देशमा समय–समयमा भूकम्प गइरहन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत जनवरीमा पनि अरेक्वीपा क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा दुई जनाको मृत्यु भएको थियो भने १४० जना घाइते भएका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com