ट्रम्प: मलाई महाभियोग लगाए अर्थतन्त्र धराशायी


प्रकाशित मिति : भाद्र ८, २०७५ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि उनलाई महाअभियोग लगाउने कुनै प्रयास भए अमेरिकी अर्थव्यवस्था धराशायी हुने चेतावनी दिएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले यदि आफूमाथि महाअभियोग लगाइए बजार टाट पल्टने अनि सबै जना गरिब हुनसक्ने बताएका छन्।

विरलै

राष्ट्रपतिले यसरी आफूलाई महाअभियोग लाग्ने सम्भावनाबारे यसअघि विरलै बोलेका थिए। ट्रम्पले भने- जसले महान् कार्य गर्छ उसलाई कसैले महाअभियोग लगाउन सक्दैन। मङ्गलवार राष्ट्रपतिका पूर्ववकिल माइकल कोअनले ट्रम्पको आदेशमा उनले अमेरिकाको चुनावी कानुन उल्लङ्घन गरेको एउटा अदालतलाई बताएका थिए।

सम्भावना

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्वाददाताहरूका अनुसार ट्रम्पका विपक्षीहरूले नोभेम्बरको मध्यावधि चुनावअघि उनीमाथि महाअभियोग लगाउने प्रयास गर्ने सम्भावना छैन। कोअनले सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानका बेला ट्रम्पसँग सम्बन्ध रहेका भनिएका दुई महिलालाई मौन रहन रकम दिएको बताएका थिए। ती दुई महिला पोर्न चलचित्रकी नायिका स्टोर्मी ड्यानियल्स र प्लेबोइकी पूर्वमोडल क्यारन मक्डुगल दुवैले ट्रम्पसँग

आफ्नो सम्बन्ध रहेको दावी गर्छन्। कोअनले चुनावमा प्रभाव नपरोस् भन्ने मुख्य उद्देश्यका लागि ट्रम्पको निर्देशनमा रकम दिएको बताए। तर ट्रम्पले दुई जनालाई दिइएको रकमले चुनावी अभियानको कानुन उल्लङ्घन नगरेको बताएका छन्।

उनका अनुसार उक्त रकमको भुक्तानी चुनावी अभियान कोषबाट नभएर व्यक्तिगत रूपमा गरिएको थियो। तर त्यस्तो भुक्तानीबारे उनलाई पछि मात्रै थाहा भएको उनले बताए। राष्ट्रपतिले कोअनले कम सजाय पाउनका लागि मिथ्या कुरा गरेको आरोप लगाएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com